गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

  • सोमवार, मंसिर ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई तीव्रता दिइएको प्यालेस्टिनी स्रोतले आइतबार बताएको छ ।

“विद्यमान चार दिने युद्धविराम लम्ब्याउने र दुवै पक्षबीच ठूलो मात्रामा बन्दी आदानप्रदान गर्ने उद्देश्यसहित कतार र इजिप्टले इजराइल र हमासलाई एउटा मस्यौदा सम्झौताबारे जानकारी गराएका छन्”, नाम उल्लेख नगर्ने शर्तमा प्यालेस्टिनी स्रोतले सिन्ह्वालाई भनेको छ ।

छलफलमा गाजामा ४० देखि ५० बन्दीको रिहाइ तथा मानवीय सङ्कट कम गर्नका लागि प्रभावित क्षेत्रमा मानवीय सहयोगको वृद्धिबारे कुराकानी भएको स्रोतले बताएको छ ।

हमासले कतार–इजिप्ट प्रस्तावप्रति प्रारम्भिक इच्छा देखाएको छ । आइतबार राति हमासका एक प्रतिनिधिले विज्ञप्ति जारी गर्दै भनेका छन्, “हमास युद्धविरामलाई चार दिनभन्दा अगाडि बढाउन खोजिरहेको छ, यसमा सुरुमा इजराइलसँग सहमति भएको थियो ।”

यसैबीच इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासले थप बन्धकहरूलाई मुक्त गर्ने हो भने इजराइल हमाससँगको युद्धविरामलाई केही दिनका लागि बढाउन सहमत हुनसक्ने बताउनुभएको छ ।

एक इजराइली भिडियो वयानअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा नेतान्याहुले कतारको मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा उल्लेख भएअनुसार रिहा गरिएका प्रत्येक थप १० बन्धकका लागि एक अतिरिक्त दिनका आधारमा युद्धविरामको ‘स्वागत गर्ने’ बताउनुभयो ।

गाजापट्टीमा अस्थायी युद्धविराम आइतबार तेस्रो दिनमा प्रवेश गरेको छ । युद्धविराम सम्झौतामा इजराइली कारागारहरूबाट एक सय ५० महिला तथा बालबालिका रिहा गरेको बदलामा गाजाबाट ५० इजराइली महिला तथा किशोर बन्धकलाई मुक्त गर्ने पनि उल्लेख छ । सम्झौतापछिको चरणहरूमा रिहाइको सङ्ख्या बढाउने व्यवस्था गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ