एजेन्सी मंसीर २ । चीनीया राष्ट्रपति सि जिनपिंगले चीन जतिसुकै विकसित र शक्तिशाली भए पनि अरुको जमिन कब्जा नगरेको र नगर्ने स्पष्ट पारेका छन् ।
अमेरीकामा एपेकको समिटलाई संवोधन गर्दै उनले चीनले आफ््नो कारण आज सम्म युद्ध नगरेको र चीन आफूले चाहेर कहिले पनि युद्धमा नजाने स्पष्ट पारे ।
उनले भने, हामी कहिले पनि आफ्नो ईच्छा अरु देशमाथि थोपार्दैनौँ ।
सिले अमेरीकाको विकास र प्रगति देखेर आफूलाई खुसी लागेको भन्दै चीन र अमेरीका मिलेर काम गर्नु विश्वका लागि उपयुक्त हुने सुझाए ।
विश्वले शान्त, समृद्धि र विकसित चीनको स्वागत गर्नु पनेमा सीले जोड दिए ।
उनले कुनै पनि देशको आन्तरीक मामलामा दखल दिन नहुने भन्दै चीनको आन्तरीक मामलामा दबाब सृृजना नगर्न अमेरीकालाई आगह गरे ।
अमेरीका पुगेका बेला सी र अमेरीकी राष्ट्रपति जो बाईडेनबीच भेटवार्ता समेत भएको थियो । त्यसमा सैन्य सञ्चार सम्पर्क स्थापित हुने सम्झौता भएको थियो । त्यसको भोलीपल्ट बाईडेनले सी तानाशाह भएको बताएपछि चीनले कडा प्रतिकृया दिएको थियो ।