दक्षिण फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प

दक्षिण फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प

  • शुक्रबार, मंसिर १, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

दक्षिण फिलिपिन्समा शुक्रबार छ दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ । स्थानीय अधिकारीहरूले भूकम्पबाट सम्भावित क्षतिको चेतावनी दिएका छन् ।

ग्रिनविच मिन टाइमअनुसार बिहान ८ः१४ मा ७८ किलोमिटर गहिराइमा मुख्य दक्षिणी द्वीप मिन्डानाओको साराङ्गानी प्रान्तमा भूकम्प गएपछि सुनामीको कुनै खतरा नभएको युएसजिएसले एक विज्ञप्तिमा बताएको छ ।

हताहतको तत्काल कुनै खबर आएको छैन यद्यपि पहाडी द्वीपको फराकिलो क्षेत्रमा भूकम्प महसुस गरिएको छ । “मैले अनुभव गरेकोमध्ये यो सबैभन्दा शक्तिशाली भूकम्प थियो”, भूकम्पको केन्द्रविन्दुबाट करिब दुई सय किलोमिटर टाढा रहेको डाभाओ सहरमा एक कार्यक्रममा भाग लिन आएकी २७ वर्षीया केशिया लेरानले भन्नुभयो, “मेरो वरपरका मानिसहरू आतङ्कित हुँदै बाहिर जान दौडिरहेका थिए, यहाँ, कार्यक्रममा सयौँ मानिस छन् त्यसैले मलाई भागदौड हुन्छ भन्ने डर थियो ।”

प्यासिफिक ‘रिङ अफ फायर’ का छेउमा रहेको फिलिपिन्समा भूकम्पहरू जानु सामान्य घटना हुन् । ‘रिङ अफ फायर’ तीव्र भूकम्पीय र ज्वालामुखी गतिविधिको चाप हो र यो जापानबाट दक्षिणपूर्व एसिया र प्रशान्त बेसिनसम्म फैलिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ