सि जिनपिङ र जो बाईडेनबीच भेटवार्ता, सम्बन्ध सुधारको अपेक्षा

सि जिनपिङ र जो बाईडेनबीच भेटवार्ता, सम्बन्ध सुधारको अपेक्षा

  • बिहिबार, कार्तिक ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

तनावपूर्ण सम्बन्ध रहेका बेला विश्वका दुई ठूला महाशक्ति अमेरीका र चीनका राष्ट्रपतिबीच भेटवार्ता भएको छ । यस भेटमा चीन र अमेरिका दुईपक्षीय उच्चस्तरीय सैन्य सञ्चार सम्पर्क पुनर्स्थापनालगायत विभिन्न महत्त्वपूर्ण बुँदामा सहमत भएका छन्।

लागुऔषध तस्करीविरुद्धको साझेदारीलाई पुनः ब्युँताउने, कृत्रिम बौद्धिकताका जोखिमबारे विज्ञको तहमा द्विपक्षीय छलफल र सहकार्य अघि बढाउनेलगायत विषयमा पनि शिखर वार्तामा सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
६ वर्षको रिक्तता तोडेर चिनियाँ सर्वोच्च नेता सी मंगलबार अमेरिका पुगेका हुन्। सान फ्रान्सिस्कोमा आयोजित एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन समिट ९एपेक० मा भाग लिन सी अमेरिका पुगेका हुन्। त्यही क्रममा दुवै विश्वशक्तिका शीर्ष नेताहरूबीच द्विपक्षीय भेटवार्ता पनि भएको हो।

गत वर्ष अमेरिकी संसद्‌की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन क्रूद्ध बनेको थियो। यसै वर्षको सुरुमा अमेरिकाले चीनले आफ्नो आकाशमा जासुसी बेलुन पठाएको आरोपसमेत लगाएको थियो।

रुस र युक्रेनबीचको युद्धमा पनि यी दुवै शक्तिराष्ट्र विपरीत ध्रुवमा छन्। इजरायल र हमासबीचको द्वन्द्वमा अमेरिका स्पष्टतः इजरायलको पक्षमा उभिएको छ।

यो सन्दर्भमा सम्भावित सैन्य द्वन्द्वबाट बच्न चीन र अमेरिकाबीच भएको छलफललाई महत्त्वका साथ हेरिएको छ। उनीहरूबीच एक वर्षभन्दा बढीको अन्तरालपछि व्यक्तिगत तहमा पहिलोपटक वार्ता भएको हो। सी अमेरिका जाँदा त्यहाँका राष्ट्रपति बाइडेनले भव्य स्वागत गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ