नेपालमा सोमबार सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि आम मान्छेबाट सकारात्मक प्रतिकृया आईरहेको छ । यदी सञ्चारमन्त्री रेखा शर्माको कुरालाई मान्ने हो भने दलहरु अनौपचारीक रुपमा टिकटक बन्द गर्न सहमत थिए । तर जब निर्णय बाहिर आयो । त्यसपछि काँग्रेस र एमालेका समेत नेताहरुले बिरोध गरे । ठूला मिडियाहरुमा पनि विरोधमा टिप्पणी हरु, क्रिया प्रतिकृयाहरु प्रकाशित भईरहेका छन् ।
तर टिकटकबाट अराजकता फैलिएको महसुस गरेर अमेरीका, क्यानडा, भारत लगायत विश्वका २७ देशले टिकटकलाई प्रतिवन्धित गरिसकेका छन् । पछिल्लो समय साईबर अपराध सम्बन्धि मुद्धा मामलामा दर्ता भएका अधिकांश मुद्धाहरु टिकटकसँग सम्बन्धित रहेको अधिकारीहरु बताउछन् ।
नेपालमा पनि पछिल्लो समय टिकटकमा अराजकता, विकृति बढेर चरमचुलीमै पुगेको अवस्था थियो । त्यही कुरालाई ध्यान दिएर सरकारले प्रतिवन्धको निर्णय गरेको हो ।
सन् २०१७ मा चीनीया कम्पनी बाईट डान्सले विकास गरेको टिकटक स्वयं चीनमा प्रतिवन्धित छ । चीनीया सरकारले यसबाट पर्न सक्ने प्रभावको विष्लेषण गरेर नै यो प्रतिवन्धित गरेको हुन सक्छ ।
काँग्रेसका महामन्त्रीदेखि एमालेका महासचिव सम्म टिकटक प्रतिवन्धको बिरोध गरेका छन् ।