गाजाको सबै भन्दा ठूलो अस्पतालमा ईजरायली आक्रमणपछि सेवा बन्द, नवजात शिशुहरु उपचार नपाएर ज्यान गुमाउदै

गाजाको सबै भन्दा ठूलो अस्पतालमा ईजरायली आक्रमणपछि सेवा बन्द, नवजात शिशुहरु उपचार नपाएर ज्यान गुमाउदै

  • सोमवार, कार्तिक २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

सात अक्टोबर देखि हमास बिरुद्धको कार्बाही भन्दै ईजरायलले प्यालेष्टाईनको गाजा क्षेत्रमा विध्वंश जारी राखेको छ । यस क्रममा उसले गाजामा दुई वटा ठूला अस्पताल अल साफिया र अल क्वाडस्मा थप आक्रमण गरेको छ । जसका कारण ती दुबै अस्पताल बन्द भएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ईजरायली सेनाले अल सफिया अस्पताल छेउछाउ हिँड्ने प्यालेष्टाईनी नागरिकलाई गोली हानेर हत्या गरिरहेको छ ।

दुई अस्पताल बन्द भएपछि त्याहाँ बिरामीहरुको उपचार नपाएर मृत्यु भईरहेको छ । विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रोस अदनम गेब्रिसियसले दुखद रुपमा नवजात शिशुहरुको मृत्यु भईरहेको भन्दै गंभीर चिन्ता व्यक्त गरेका छन् ।

ती अस्पतालहरुमा ईजरायली आक्रमणबाट असुरक्षा एकातिर र अर्कोतिर बिद्युत र ईन्धनको समेत अभाव भएको छ ।

गाजामा मानवीय सहायताको लागि युद्ध बिराम गर्न अन्तराष्ट्रिय समुदायले दबाब दिए पनि अमेरीकी सहयोगमा ईजरायलले त्यसको वेवास्ता गर्दै निरन्तर आक्रमण जारी राखेको छ ।

ईजरायली हमलामा ५ हजार बालबालिका सहित ११ हजार भन्दा धेरै प्यालेष्टाईनीको मृत्यु भईसकेको बताईएको छ ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ