युक्रेन सैन्य अपरेसनको निगरानी गर्न पुटिनद्वारा सैन्य मुख्यालयको भ्रमण

युक्रेन सैन्य अपरेसनको निगरानी गर्न पुटिनद्वारा सैन्य मुख्यालयको भ्रमण

  • शुक्रबार, कार्तिक २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन हमलाको निरीक्षण गर्न रोस्तोभ–अन–डनमा रहेको सैन्य मुख्यालयको अचानक भ्रमण गर्नुभएको क्रेमलिनले शुक्रबार बताएको छ । एक महिनाभन्दा कम समयमा रोस्तोभ–अन–डनको यो उहाँको दोस्रो भ्रमण हो ।

बिहीबार कजाकिस्तानको आफ्नो औपचारिक भ्रमण पूरा गरेपछि पुटिनले रोस्तोभ–अन–डनमा रहेको रुसी सशस्त्र बलको मुख्यालयको भ्रमण गर्नुभएको क्रेमिलनले विज्ञप्तिमार्फत जनाएको छ । उहाँसँग रक्षामन्त्री सर्गेई सोइगु र युक्रेनमा सैन्य अपरेसनका कमान्डर भालेरी गेरासिमोभ पनि हुनुहुन्थ्यो ।

मुख्यालयमा राष्ट्रपति पुटिनलाई नयाँ सैन्य उपकरण देखाइएको र युक्रेनमा सैन्य अपरेसनका बारेमा जानकारी दिइएको विज्ञप्तिमा उल्लेख छ । पुटिन अन्तिम पटक अक्टोबरको अन्त्यमा रोस्तोभ–अन–डनमा हुनुहुन्थ्यो । त्यहाँ उहाँले क्रेमलिनले युक्रेन विशेष सैन्य अपरेसनलाई के भन्छ भन्नेबारेमा सैन्य अधिकारीहरूसँग कुराकानी गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ