ईजरायल हमास युद्धमा प्रत्यक १० मिनेटमा एक बच्चाको मृत्यु भईरहेको छ

ईजरायल हमास युद्धमा प्रत्यक १० मिनेटमा एक बच्चाको मृत्यु भईरहेको छ

  • बिहिबार, कार्तिक २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी कार्तिक २३ । ७ अक्टोबर शनिबारका दिन हमास लडाकु समुहले इजरायलमा हमला शुरु गरेपछि भएको युद्धमा सबै भन्दा धेरै बालबालिकाहरु प्रभावित भएका छन् । खास गरी ईजरायलले जारी राखेको बमबारीमा गाजामा मात्रै ४ हजार १०४ जना बच्चाहरुको ज्यान गएको छ ।

बिबीसीका अनुसार १२७० बच्चा ईजरायली बमबारीले ध्वस्त बनाएका भवनहरु भत्किएर पुरिदा वेपत्ता भएका छन् । ईजरायलको आक्रमण जारी रहँदा उनीहरुको खोजी समेत हुन सकेको छैन ।

हमासको आक्रमणमा ईजरायलमा पनि ३१ बच्चा मारिएका थिए भने ३० जति हमासले बन्धक बनाएको अनुमान गरिएको छ ।

ईजरायली आक्रमणमा हाल सम्म १० हजार १ सय भन्दा बढी प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ । सँयुक्त राष्ट्रसंघ सहित अन्य देशहरुको दबाबका बीच ईजरायलले अस्पताल, सडक, निजी घर, शरणार्थी शिविर, मस्जिद आदीमा भीषण हमला जारी राखेको छ । यस युद्धले गाजामा ठूलो नरसंहार सहित मानवीय संकट पैदा भए पनि अमेरीकी सहयोग र समर्थनमा ईजरायल निरन्तर बमबारी गर्नबाट पछि हटेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ