७ अक्टोबर यता ईजरायलले गाजामा शुरु गरेको आक्रमणमा अमानवीय, वर्वरता देखा पर्दै गएको छ ।
गाजामा पानी, बिजुली, औषधी, खाद्यन्नको समेत नाकाबन्दी गरेर हवाई र स्थलगत हमला जारी राखेको छ । हमासलाई खत्तम पार्ने नाममा ईजरायलले निदोर्ष र निहत्था प्यालेष्टाईनी बालबच्चा, महिला र आम मानिसमाथि बर्बरतापूर्ण हत्या गरीरहेको छ ।
अहिले सम्म गाजाका घर, मस्जिद, विद्यालय, अस्पताल, शरणार्थी शिविरमा क्षेप्यास्त्र र बम प्रहार गरीरहेको छ ।
यसबाट हाल सम्म १० हजार बढी निहत्था मानिसहरुको ज्यान गएको छ । दशौँ हजार घाईते भएका छन् ।
सँयुक्त राष्ट्रसंघ सहित अन्तराष्ट्रिय समुदायले हमलाहरुको निन्दा गर्दै युद्ध बिराम गर्न भने पनि ईजरायलले अमेरीकाको आडमा अटेर गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline