भूकम्पले जाजरकोट र रुकुममा हजार घर पूर्ण रुपमा क्षतिग्रस्तः एक बर्षभित्रै पुननिर्माण गर्ने सरकारको निर्णय

भूकम्पले जाजरकोट र रुकुममा हजार घर पूर्ण रुपमा क्षतिग्रस्तः एक बर्षभित्रै पुननिर्माण गर्ने सरकारको निर्णय

  • सोमवार, कार्तिक २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

जाजरकोट र रूकुम पश्चिममा ९१० वटा घर भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको छ। शुक्रबार राति ११ः४७ जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पका कारण ९१० वटा घर पूर्ण रूपमा क्षति पुगेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ।

यस्तै २ हजार ८६१ घरहरूमा आंशिक रूपमा क्षति पुगेको छ। जाजरकोट, रूकुम पश्चिमसँगै कर्णाली प्रदेशका अन्य केही जिल्लाका केही घरहरूमा पनि आंशिक रूपमा क्षति पुगेको छ। भूकम्पका कारण दुई जिल्लामा मात्रै १५७ जनाको मृत्यु भएको हो। आफन्तले उक्त शव बुझिसकेका छन्।

जाजरकोटमा १०५ जना र रूकुम पश्चिममा ५२८ जनाको मृत्यु भएको थियो। अहिले पनि विपद् व्यवस्थापनको लागि प्रहरीमात्रै एक हजार ६४ जना खटिएका छन्।

त्‍यसबाहेक सशस्त्र प्रहरी बल र नेपाली सेनाको पनि छुट्टाछुट्टै टोली खटिएर उद्धार तथा व्यवस्‍थापनको काम भइरहेको छ। भूकम्पमा परी साढे २ सय बढी मानिसहरू घाइते भएका छन्।

१४६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्। अझै ११० जना उपचाररत छन्। भूकम्पले क्षतिग्रस्त भएका घरहरुका ठाँउमा नयाँ भूकम्प प्रतिरोधी भवन एक वर्षभित्र बनाईसक्ने सरकारले निर्णय गरीसकेको छ । त्यसका निम्ती अर्बौ खर्च लाग्ने अनुमान छ ।

अहिले सरकारले एकद्धार प्रणाली मार्फत राहत वितरण गर्ने भन्दै कुनै पनि दल, व्यक्ति वा संस्थाले आफू खुसी राहत वितरण गर्न पाउने छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी