यूएईमाथि नेपालको ८ विकेटको शादार जीत, नेपाल विश्वकपका लागि छनौट

यूएईमाथि नेपालको ८ विकेटको शादार जीत, नेपाल विश्वकपका लागि छनौट

  • शुक्रबार, कार्तिक १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

नेपाल यूएईलाई ८ विकेटले हराँउदै विश्वकपका लागि छनौट भएको छ । आशिफ शेखको उत्कृष्ट ईनिङमा नेपालले यूएईले दिएको १३५ रनको लक्ष्य नेपालले १९ औँ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै दश वर्षपछि विश्वकपको ढोका खोलेको हो ।

यूएई बिरुद्ध जितका लागि १३५ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर आशिफ शेखले उत्कृष्ट ईनिङ खेल्दै ५० बलमा ६५ रन जोड्दै अविजीत रहे । उनले
२ छक्का र ६ चौका प्रहार गरे ।

उनलाई साथ दिए रोहित पौडेलले । उनले पनि आक्रामक ईनिङ खेल्दै २१ बलमा ३५ रन जोडे । उनले एक छक्का र तीन चौका प्रहार गरे ।
त्यस अघि ओपनर कुसल भूर्तेल ११ रनमा आउट भएका थिए भने गुल्सन झा २२ रन बनाएर पेभिलियन फर्किएका थिए ।

यो जितसँगै नेपाल आगामी वर्ष सन् २०२४ मा वेष्ट ईन्डिज र अमेरीकामा हुने विश्वकपका लागि छनौट भएको छ । नेपाल यस अघि सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।

नेपालले यो छनौटको फाईनलमा कीर्तिपुर मैदानमा ओमनसँग फाईनल खेल्न बाँकी छ । ओमनसँग हिजो नेपाल ५ रनले पराजित भएको थियो ।

आज नेपालको जितमा बलरहरुको पनि उत्कृष्ट भूमिका रह्यो ।
कुशल मल्ल र सन्दीप लामिछानेको घातक बलिङमा यूएईलाई पुरै २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रनमा समेटिएको थियो ।

नेपालका लागि कुशल मल्लले तीन विकेट लिए। सन्दीप लामिछानेले २ विकेट लिए । सोमपाल कामी र रोहित पौडेलको नाममा एक–एक विकेट रह्यो।

कुशलले ३ ओभरमा मात्र ११ रन खर्चे। सन्दीपले ४ ओभरमा १ मेडन राख्दै मात्र १४ रन खर्चे।

यूएईका लागि सर्वाधिक ६४ रन बनाएका वृत्या अरविन्द कुशल मल्लको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। वृत्याले ५१ बलमा ८ चौका र २ छक्का हाने। आयन अफ्जल खान १ रनमा क्याच आउट भए।

कप्तान रोहित पौडेलले १६ औं ओभरको पाँचौ बलमा अलि अमिर नसिरलाई ४ रन बनाउँदा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए।

आलिसान सराफु १६ रन बनाउँदा कुशल मल्लको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। सन्दीप लामिछानेले १० औं ओभरको अन्तिम बलमा आशिफ खानलाई १३ रन बनाउँदा एलबीडब्लु धरापमा पारे।

तीव्र गतिका बलर सोमपाल कामीले चौथो ओभरमा एक विकेट र एक रन आउट गर्दै यूएईका दुवै ओपनरलाई आउट गरेका थिए ।

सोमपालले चौथो ओभरको पहिलो खालिद शाहलाई ३ रनमा रन आउट गराए। त्यही ओभरको चौथो बलमा सोमपालले अर्का ओपनर तथा कप्तान मुहम्मद वसिमलाई करण केसीको हातबाट क्याच आउट गराए। १६ बलमा ३ चौका र २ छक्का हानेका वसिम २६ रनमा क्याच आउट भए।

बसिल हमिद १ रन बनाउँदा सन्दीप लामिछानेको बलमा गुल्सन झा को हातबाट क्याच आउट हुन पुगे। सन्दीपले १८ औं ओभरमा मेडन विकेट लिए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी