एनपीएल: लुम्बिनी शीर्ष स्थानमा,पोखराको लगातार तेस्रो हार

एनपीएल: लुम्बिनी शीर्ष स्थानमा,पोखराको लगातार तेस्रो हार

  • मङ्लबार, कार्तिक १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 228
    SHARES

१७ कात्तिक, काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ ।

मंगलबार भएको प्रतिस्पर्धामा पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीले ३ खेलबाट ५ अंक जोड्दै अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । यस सिजन लुम्बिनी मात्र अपराजित छ । उता पोखराको भने यो लगातार तेस्रो हार हो र अंकविहिन हुँदै पूछारमा छ । यस सिजन अहिलेसम्म पोखराले मात्र कुनै पनि खेल जित्न सकेको छैन ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३२ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४७ रन बनाए । यस्तै विकेटकिपर निरोशान डिकवेलाले २८ बल खेल्दै २ चौका र१ छक्का मदतमा अविजित २७ रन जोडे ।

रोहित र डिकवेलाले तेस्रो विकेटका लागि अविजित ७७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । ओपनर डार्शी सर्टले १३ र आसिफ शेखले ९ रन बनाएर आउट भए । पोखराका लागि बिपिन खत्रीले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दा पनि ९ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो ।
पोखराका लागि चामिका करुणारत्नेले १७ बलमा २ छक्का प्रहार गर्दै सर्वाधिक २५ रन बनाए ।

यस्तै ओपनिङ गरेका कप्तान कुशल भुर्तेलले १४, महेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यस सिजन पहिलो खेल खेलेका अर्जुन कुमाल दोस्रो बलमै खाता नखोली आउट भए । सदारा समिराविक्रमा ७, बिपिन आचार्य १, शकिब अल हशन ३, अर्जुन घर्ती ६ रनमा आउट भए । बिपिन खत्री ६ र आकाश चन्द १ रनमा अविजित रहे ।
पोखरालाई कम स्कोरमा रोक्न लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । यस्तै तिक भण्डारीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । शेर मल्ल, अभिशेष गौतम र कप्तान रोहित पौडेलले १-१ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ