एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै: जनकपुर लय दोहोऱ्याउने दाउमा, पोखरा पहिलो जितको खोजीमा

एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै: जनकपुर लय दोहोऱ्याउने दाउमा, पोखरा पहिलो जितको खोजीमा

  • आइतवार, कार्तिक १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 988
    SHARES

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे यी दुई टोली आमनेसामने हुन लागेका हुन् ।

जनकपुर बोल्ट्सले आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजय व्यहोरेको भए पनि दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै जितको यात्रा सुरु गरिसकेको छ । अर्कोतर्फ, पोखरा एभेन्जर्स भने आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

त्यसैले पोखरा आजको खेलमा पहिलो जितको खोजीमा मैदान उत्रिनेछ भने जनकपुर आफ्नो जितको लयलाई निरन्तरता दिने दाउमा रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ