सङ्खुवासभा गोल्डकप फुटबलः काठमाडौँलाई हराउँदै सुनसरी फाइनलमा

सङ्खुवासभा गोल्डकप फुटबलः काठमाडौँलाई हराउँदै सुनसरी फाइनलमा

  • बुधबार, कार्तिक १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 114
    SHARES

सङ्खुवासभा, १८ कात्तिकः सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सञ्चालन भइरहेको सङ्खुवासभा गोल्डकप फुलटबल प्रतियोगितामा सुनसरीको न्यू स्टार क्लब फाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा प्लानिङ ब्वाइजलाई ट्राइबेकरमा ६–५ गोल अन्तरले पराजित गर्दै न्यू स्टारले उपाधि यात्रालाई अघि बढाएको हो । महेन्द्र माविको खेलमैदानमा भएको उक्त खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा न्यू स्टारका सञ्जय श्रेष्ठले खेलको २६औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६४औँ मिनेटमा प्लानिङ ब्वाइजका अनिष परियारले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । दुवै टोलीले जितका लागि निरन्तर प्रयास गरे पनि निर्धारित समयमा थप गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

खेलका क्रममा पटक–पटक कर्नर किकको अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा प्लानिङ ब्वाइजले अग्रता लिन सकेन । अन्ततः ट्राइबेकरमा न्यू स्टारले फाइनलमा आफ्नो स्थान सुरक्षित ग¥यो । यस्तैगरी, प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल खेल बिहीबार सङ्खुवासभाको लोहरुङ क्लब र सेकाहा सामुदायिक क्लबबीच हुनेछ । लोहरुङ क्लबले क्वाटरफाइनलमा सिरहाको सलहेश युवा क्लबलाई पराजित गरेको हो भने सेकाहा सामुदायिक क्लबले झापा–११ लाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । घरेलु जिल्लाको प्रतिनिधित्व गरिरहेका लोहरुङ र सेकाहामध्ये एउटा टोलीले फाइनलमा स्थान बनाउनेछ ।

यही कात्तिक २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक जिल्लामान राईले बताए । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही रु सात हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद रु १० हजार प्राप्त गर्नेछन् । एडभान्स क्लब मानेभञ्याङको आयोजनामा गत सोमबारदेखि प्रतियोगिता सुरु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ