बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता सुरु

बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता सुरु

  • बुधबार, कार्तिक १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 95
    SHARES

म्याग्दी, १८ कात्तिकः म्याग्दीको बेनीमा रु दुई लाख २२ हजार २२२ पुरस्कार राशिको चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।

बौद्ध युवा क्लबको आयोजनामा बेनीस्थित खुलामञ्च खेलमैदानमा पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबसहित १४ टोली सहभागी छन् । प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ।

उद्घाटन खेलमा आयोजक बौद्ध युवा क्लबको सेतो समूहलाई सेभेन स्टार युवा क्लब, आनन्दबगरले पेनाल्टी सुटआउटमा ६–५ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ । बिहीबारको पहिलो खेल नेपाल पुलिस क्लब र मनसुन युवा क्लबबीच हुने बौद्ध युवा क्लबका अध्यक्ष दुर्गा बुढामगरले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले रु दुई लाख २२ हजार २२२ र ट्रफी तथा उपविजेताले रु एक लाख ११ हजार १११ पुरस्कार प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले रु ५५ हजार ५५५ पुरस्कार पाउनेछ ।

त्यसैगरी, अनुशासित टोलीलाई रु २२ हजार २२२ तथा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही रु सात हजार ७७७ पुरस्कार प्रदान गरिने क्लबका सचिव श्यामसुन्दर कँडेलले बताउनुभयो ।

प्रतियोगिता सञ्चालनमा रु १६ लाख ५७ हजार ७७२ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता अवलोकन गर्न दर्शकले रु ५० प्रवेश शुल्क तिर्नुपर्नेछ । प्रवेश शुल्कबाट सङ्कलित रकमको ४० प्रतिशत असोज दोस्रो साताको बाढीपहिरोबाट प्रभावितलाई राहतस्वरूप प्रदान गरिने अध्यक्ष बुढामगरले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनबाट बचत भएको रकम क्लबको कार्यालय भवन निर्माण तथा कोष स्थापनामा खर्च गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ