एजेन्सी कार्तिक १७ । हमासले गाजामा युद्धका लागि आउने धेरै जसो ईजरायली सेना झोलामा फर्किने चेतावनी दिएको छ । ईजरायली सेनाले गाजालाई चौतर्फी घेराबन्दी गरेको घोषणा गरेपछि हमासले उक्त चेतावनी दिएको हो ।
गाजामा घुस्दै गर्दा अहिले सम्म १७ ईजरायली सेनालाई हमासले मारिदिएको छ । ईजरायली सेनाले अन्धाधुन्ध हमला जारी राखेको छ । यस हमलामा खास गरी महिला तथा बालबालिकाको ज्यान गएको छ । ईजरायली सेनाले अस्पताल, शरणार्थी शिविर, विद्यालय आदिमा हवाई हमला जारी राखेको छ ।
अन्तराष्ट्रिय समुदायबाट व्यापक बिरोध हुँदा पनि ईजरायलले गाजामा जथाभावी आक्रमण गरी मानवीय संकट पैदा गरेको छ । हाल सम्म गाजामा करीब १० हजार प्यालेष्टाईनी नागरिकको मृत्यु भईसकेको छ ।
हमासका सैन्य विभागका प्रवक्ता अबु अबैदाले एपीएसँग कुरा गर्दै गाजामा छिर्ने सबै जसो ईजरायली सेना कालो झोलामा फर्किने चेतावनी दिए ।
गाजामा ठूला ठूला सुरुङ निर्माण गरेर बसेका हमास लडाकु समुहले अक्टोबर ७ मा ईजरायलमा भीषण हमला गर्दा १४ सय ईजरायलीको ज्यान गएको थियो । हाल सम्म २५० भन्दा धेरै ईजरायलीलाई हमासले बन्धक बनाएको छ ।