भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुगेको छ । विजयनगरम जिल्लामा दुर्घटना भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
विजयनगरमका प्रहरी सुपरिटेन्डेन्ट एम दीपिकाले भन्नुभयो, “अहिलेसम्म १३ जनाको मृत्यु भएको छ, तीमध्ये सात जनाको सनाखत भएको छ र अन्यको पहिचान हुन बाँकी छ ।”
“उद्धार कार्य अहिले सकिएको छ, हामीले फँसेका यात्रुहरूका लागि बस र रेलको व्यवस्था गरेका छौँ, १८ वटा रेल रद्ध गरिएको छ र २२ वटा रेल मार्ग परिवर्तन गरिएको छ, हामी आज साँझ ४ बजेसम्म ट्र्याक खाली गर्ने प्रयास गरिरहेका छौँ”, उनले भने ।
“हाम्रो दुई एआरटी ९एक्सिडेन्ट रिलिफ ट्रेन० टिमले त्यहाँ काम गरिरहेका छन् र सम्बलपुर मुख्यालय डिभिजनका सबै कर्मचारी पनि त्यहाँ काम गरिरहेका छन्, साँझ ४ बजेसम्म ट्र्याक सफा गर्ने प्रयास गरिरहेका छन्”, उनले भने ।
आइतबार साँझ आन्ध्र प्रदेशको विजयनगरम जिल्लामा विशाखापट्टनम–रगडा यात्रुवाहक रेल सोही मार्गबाट गइरहेको विशाखापट्टनम–रगडा रेलसँग ठोक्किएपछि केही डिब्बा लिकबाट खसेको अधिकारीहरूले बताएका छन् । डिभिजनल रेलवे व्यवस्थापकले दुर्घटनामा तीन वटा डिब्बा संलग्न रहेको बताए ।