ईजरायलमा मृत्यु भएका मध्य ४ जना नेपालीको शब आईतबार काठमाण्डौँ आईपुग्ने

ईजरायलमा मृत्यु भएका मध्य ४ जना नेपालीको शब आईतबार काठमाण्डौँ आईपुग्ने

  • शनिबार, कार्तिक ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

काठमाडौँ । इजरायलमा ज्यान गुमाएका १० जना नेपालीमध्ये ४ जनाको शव इजरायल सरकारले नेपाली दूतावासलाई बुझाएको छ । नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीको प्यालेस्टाइनी हमास समूहको आक्रमणमा निधन भएको थियो ।

इजरायली पक्षले शव हस्तान्तरण गरेपछि नेपाली राजदूत कान्ता रिजाल र इजरायल सरकारको प्रतिनिधिहरूले मृतकहरु प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । चार जना विद्यार्थीको शव शनिवार दिउँसोको १ः२५ बजे प्लाई दुबईको उडानबाट नेपाल पठाउने राजदूत रिजालले बताइन् । जुन शव नेपाली समयअनुसार आइतवार काठमाडौँ पुग्ने छ ।

अन्य शव पहिचानको काम क्रमशः भइरहेको दूतावासले जनाएको छ ।

गत अक्टोबर ७ मा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्युु भएको थियो। उक्त आक्रमणमा परेर ४ जना विद्यार्थी घाइते भएकामा एक जना नेपाल फर्किसकेका छन्। तीन जना भने हाल इजरायलमै छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी