ईजरायली बंकरमा तीन दिनदेखि बसिरहेका नेपाली बिद्यार्थीको हारगुहार, छिटो उद्धार गर ( भिडियो सहित )

ईजरायली बंकरमा तीन दिनदेखि बसिरहेका नेपाली बिद्यार्थीको हारगुहार, छिटो उद्धार गर ( भिडियो सहित )

  • सोमवार, अशोज २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

ईजरायली बंकरमा तीन दिनदेखि बसिरहेका नेपाली बिद्यार्थीको हारगुहार, छिटो उद्धार गर ( भिडियो सहित )

काठमाडौँ । इजरायलमा रहेका नेपाली विद्यार्थीहरूले उद्धार गरिदिन आग्रह गरेका छन् । १० जना साथी गुमाएका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थीहरूले उद्धार गरिदिन आग्रह गरेका हुन् ।

आफूहरू तीन दिनदेखि मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको भन्दै चाँडो उद्धार गरिदिनु आग्रह गरेका हुन् । विद्यार्थीहरूको नेतृत्व गरेका लिडर विपिन सुवेदीले आफूहरूको अवस्था निकै नाजुक रहेको बताए ।

शनिवारदेखि बंकरभित्रै लुकेर बसेका उनले एक भिडियो सन्देश जारी गर्दै तत्काल उद्धारको पहल गरिदिन आग्रह गरेका हुन् । घरकालाई तनाव हुन्छ भनेर भिडियो नबनाउने पक्षमा रहेको भन्दै उनले आजसम्म उद्धार नहुँदा बाध्य भएर बनाउनुपरेको बताए ।

‘हामी ५ जना छौँ । घरकालाई तनाव हुन्छ भनेर भिडियो नबनाउने पक्षमा थिए । तर, घरभन्दा माथि उठेर देशले केही नगरेको अवस्थामा यो भिडियो बनाउन विवश छौँ । यो बङ्कर हो । यो बंकरमा बस्न थालेको तीन दिन भयो,’ उनले भिडियोमा भने, ‘एम्बेसीले उद्धार गर्छ कि भनेर हामी लुगा लगाएर बसिरहेका छौँ । हामी रातभरि बंकरमाथि मिसाइल खस्दा निकै डर लाग्छ । हामीले १० जना साथी त गुमाइसकेका छौँ । हामी पनि गुम्छौँ कि भन्ने डर छ । १० जनाको साथीको त्यो चिच्याहट, हामीलाई गरेको हार गुहार, सुनेर रातभरि निद्रा लाग्दैन ।’

बंकरभित्र रहँदा कुन बेला आतंकवादीहरू आएर मार्ने हो भन्नेमा कुनै टुङ्गो नरहेको उनको भनाइ छ । ४९ जनामा १० जना साथीहरू गुमाइसकेको भन्दै अब आफूहरूको समेत त्यस्तै अवस्था हुने हो कि भन्नेमा रहेको बताए ।

‘४९ जनामा १० जना त गुमाइसक्यौँ । अझै पनि जति बचेका छौँ । त्यतिलाई उद्धार गरिदिनुहोस् ।

सुन्नुस् सुवेदीले बोलेको भिडियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी