बाराको नेसनल पानी उद्योगको मिनिरल वाटरको बोतल भित्र माकुरा भेटियो, प्रशासनको कार्बाही

बाराको नेसनल पानी उद्योगको मिनिरल वाटरको बोतल भित्र माकुरा भेटियो, प्रशासनको कार्बाही

  • बिहिबार, अशोज १८, २०८०
  • दिपक चौरसिया

  • 8.4K
    SHARES

बारा, १८ असोज । शिलसहित बिक्री गरिएको पानीको बोतलमा माकुरा भेटिएपछि बाराको नेशनल पानी उद्योगमा जिल्ला प्रशासन कार्यालय बाराले मँगलबार नै शिलबन्दी गरेको छ। प्रसौनी गाउँपालिका वडा नम्बर ३ स्थित नेशनल पानी उधोगले उपभोक्तालाई विक्री गर्न पठाएको प्रशोधित पानीको बोतलमा माकुरा भेटिएपछि उद्योगमा शिलबन्दी गरिएको छ ।

शिल सहित बोतलमा नै माकुरा भेटिएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकाय सहित टोलीले मँगलबार उद्योगमा अनुगमन गर्दै शीलबन्दी गरेको थियो। टोलीले उद्योगको अनुगमन गरि अनुसन्धानका लागि आवश्यक कागजपत्र सहित उद्योगका संचालक बिजयकुमार यादवलाई समेत नियन्त्रणमा लिएको थियो ।

संचालक यादवलाई सामान्य सोधपुछ गरी मँगलबार नै आवश्यक परेको बेला उपस्थित हुने गरी छोडिएको थियो । मँगलबार उक्त उधोगमा शिलबन्दी गरीएपनि बुधबार कलैया स्थित भरत चौक नजिक एक जेनेरल स्टोरबाट कमिला भएको नेशनल पानी फेला परेको छ। तिर्खा मेटाउन पुगेका एक उपभोक्तालाई पसलेले पानीको बोतल दिईरहँदा शिल रहेकै बोतल भित्र कमिला भेटिएको छ।

शिल सहित बोतलमा माकुरा र कमिला भेटिएपछि कम्पनीकै लापर्वाही हो नेशनल पानीको आलोचना शुरु भएको छ। यस बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अचार्यसँग कुरा गर्दा नेशनल पानीको सँचालक कार्वाहीमा परेको जानकारी गराएका छन्। साथै नेशनल पानीको बोतलभित्र दुषित र फोहोर पानी फेला परेको हुनाले केहि नमुना सँकलन गरी ल्याब परीक्षण गराउन जनकपुर पठाएको पठाईएको छ। भने थप अनुसन्धान भईरहेको जनाउनु भएको छ। साथै नेशनल पानीले प्रशोधित पानी तथा उपभोक्ताले उपभोग गर्न सक्ने ल्याव परीक्षणको रिपोट नआएसम्म नेशनल पानी लेखेको बोतलको पानी अहिले उपभोग नगर्न सम्पुर्ण उपभोक्तासँग सहायक प्रमुख जिल्ला अधिकारी अचार्यले आग्रह गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी