चीनमा क्रिकेटमा नेपालले बनाएको पाँच विश्व कीर्तिमान, शायद यो तोड्न विश्व क्रिकेट महाशक्तिलाई सजिलो छैन

चीनमा क्रिकेटमा नेपालले बनाएको पाँच विश्व कीर्तिमान, शायद यो तोड्न विश्व क्रिकेट महाशक्तिलाई सजिलो छैन

  • बिहिबार, अशोज ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

हाङचउ । क्रिकेटमा विस्तारै अघि बढेको नेपालका लागि २७ सेप्टेम्बर विश्व ईतिहासमा अब यो दिन नेपालीको लागि ऐतिहासिक र गौरवशाली रहिरहनेछ ।

चीनको भूमिमा नेपाली खेलाडीको प्रदर्शन र रेकर्डले अहिले विश्वलाई चकित पारेको छ । एकै दिन एकैपल्ट यति धेरै कीर्तिमान सायद यसअघि बनेको पनि थिएन । यस्तो ईतिहास रच्न क्रिकेटका महारथी देशहरु भारत, पाकिस्तान, अष्ट्रेलिया, ईग्ल्याण्ड जस्ता देशहरुलाई मुस्किल पर्नेछ ।

नेपालको यो कीर्तिमानी खेल अष्ट्रेलिया र भारतबीच टी २० खेल भईरहेको दिनमा भएको थियो । आज दुनियामा चर्चा त्यो खेल भन्दा बढी नेपाली टिमको भईरहेको छ ।

भारतमा विश्वकप क्रिकेट शुरु हुनु पूर्व नेपालको यो रेकर्ड ब्रेक खेलले नेपाल भविष्यको क्रिकेटको सुपरपावर बन्न सक्छ भन्ने सन्देश पनि दिन सफल भयो ।

मंगोलियाले पहिले टस जितेर बलिङ छनौट गर्दा कुसल भूर्तेल र आशिफ शेख ब्याट बोकेर क्रिजमा गए । नेपालले यदी टस जितेको भए पनि शायद यस्तो विश्व रेकर्ड बन्ने थिएन । किनकि नेपाल शुरुमा बलिङ गर्न चाहन्थ्यो ।

नेपालले यस क्रममा २० ओभर उपयोग गर्दै ३ विकेट गुमाई ३ सय १४ रन बनायो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि टिमले ३ सय रन छोएको यो नै पहिलोपल्ट थियो ।
टी २० मा जम्मा १२० बल हुन्छ । १२० बलमा २६ बलमा छक्का हान्नु विश्वकै दुर्लभ कीर्तिमान हो । अहिले सम्म अफ्गानिस्तान र वेष्ट ईन्डिजले एक ओभरमा २२÷२२ छक्का हानेको रेकर्ड थियो । त्यो तोडिएको छ ।

नेपाल २ सय ७३ रनले विजयी रह्यो । मंगोलिया १३.१ ओभरमा ४१ रन बनाएर अलआउट भयो । यो जीत हारको अन्तर पनि विश्व रेकर्डमै रहन सफल भयो ।

यी सबैमध्ये सबैभन्दा शानदार कीर्तिमान दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको नाममा रह्यो । दीपेन्द्रले ९ बलमै अर्धशतक बनाए । यो भंग गर्न कुनै पनि विश्व स्तरीय खेलाडीका लागि संभव नहुन सक्छ  । अर्धशतक बनाउन कम्तीमा ९ बल खेल्नैपर्ने हुनाले दीपेन्द्रको कीर्तिमान अजयी बन्नेछ । दीपेन्द्रले युवराज सिंहले १२ बलमा बनाएको अर्धशतकको कीर्तिमान उछिन्ने क्रममा लगातार ६ छक्का पनि प्रहार गरेका थिए । युवराज सिंहले ईग्ल्याण्ड बिरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । १७ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका दिपेन्द्रले २३ वर्षको उमेरमा यो रेकर्ड बनाउन सफल भए । अहिले उनको तारिफ संसारभर भईरहेको छ ।

दीपेन्द्र १० बलमा ५२ र कुशल ५० बलमा १ सय ३७ रन बनाएर अविजित रहे । कुशलले ३४ बलमै शतक बनाएर भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक गणतन्त्रका विक्रम शेखरको नाममा रहेको ३५ बलको शतकलाई भंग गरे । कुशलले ८ चौका र १२ छक्का प्रहार गरे । कुशल भुर्तेल २३ बलमा १९ र आसिफ शेख १७ बलमा १६ रन बनाई आउट भएपछि कुशल मल्ल र रोहित पौडेल जागेका थिए ।

कुशल मल्ल र रोहित दुवैले समान १९ बलमा अर्धशतक पूरा गरेका थिए । कुशलले दोस्रो ५० रन बनाउन केवल १५ बल खेले । रोहितले २७ बल खेल्दै २ चौका र ६ छक्का प्रहार गरी ६३ रन बनाए । रोहित १९ औं ओभरको पहिलो बलमा आउट भएपछि आएका दीपेन्द्रले त्यो ओभरको बाँकी ५ बलमै छक्का प्रहार गरे । अन्तिम ओभरको पहिलो बलमा कुशलले १ रन लिएपछि स्ट्राइकमा आएका दीपेन्द्रले पहिलो बलमै छक्का प्रहार गर्दै लगातार ६ छक्का प्रहार गरे । आफूले सामना गरेको सातौं बलमा २ रन जोडेका दीपेन्द्रले त्यसपछि लगातार दुई छक्का प्रहार गरी अविश्वसनीय हिसाबमा ९ बलमा अर्धशतक पूरा गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी