सुदन र बालेन मिलेर पशुपतिमा मारवाडी सेवा समितिले कब्जा गरेको गौशालाको भवन र जग्गा फिर्ता गरेर नयाँ मोडलमा चलाईने

सुदन र बालेन मिलेर पशुपतिमा मारवाडी सेवा समितिले कब्जा गरेको गौशालाको भवन र जग्गा फिर्ता गरेर नयाँ मोडलमा चलाईने

  • शुक्रबार, अशोज ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहविच पशुपति क्षेत्र विकास कोषमा सहकार्य हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका अध्यक्ष रहेका मन्त्री किराती र महानगरका मेयर बालेनविच पशुपति क्षेत्रमा रहेको बेथितिको अन्त्यका लागि सहकार्यको तयारी भएको हो । हाललाई क्षेत्रविकास कोषको नाममा रहेको बनकालि स्थित पार्कीङ र मारवाडी सेवा समाजले उपभोग गर्दै आएको गौसला स्थित भवनलाई जि.टु.जि मोडलमा सञ्चालनको तयारी भएको हो ।

बनकालि स्थित पार्कीङ २०७८ साउन २० गते तत्व इ्न्भेष्टमेन्टले तीन लाख ४४ हजार ८ सय ७४ मा ठेक्का सम्झौता गरेको थियो । उक्त कम्पनीले ३४ लाख ७४ हजार एक सय १९ रुपैँया बक्यौता नतिरेपति ठेक्का रद्ध गरिएको थियो । त्यस्तै गौशलास्थि ९ रोपनि जग्गामा सुविधा सम्पन्न भवन मारवाडी सेवा समितिले बार्षिक ५१ हजारमा लिएर करोडाँै असुल गर्दै आएको थियो ।

धर्मशालाको नाममा व्यवशायीक प्रययोजन गर्दै लाखौ आम्दानी गर्दै आइरहेको उक्त भवनको सम्झौता पनि पशुपति क्षेत्र विकासकोषले खारेज गरीसकेको छ । पार्किङ र धर्मशाला दुवैको सम्झौता न तोड्न मन्त्री किरातीलाई दवाव आएपनि उक्त निर्णयबाट पछि हटेनन् ।

मन्त्री किराती निकट स्रोतका अनुसार गौशला धर्मशालालाई पशुपतिको गुरु योजनाको आधारमा परम्परा सहितको प्रभावकारी सेवा प्रबहा गर्न महानगर संग सहकार्य गरिने भएको हो । त्यस्तै पार्किङलाई आधुनिक ढंगले सुविधा सम्पन्न बनाएर जि.टू.जि मोडलमा सञ्चालन गरिने छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी