नेपालमा अमेरीकी दबदबा बढ्दै, आर्थिक सहयोग बढाउदै

नेपालमा अमेरीकी दबदबा बढ्दै, आर्थिक सहयोग बढाउदै

  • शुक्रबार, अशोज ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

असोज ५ काठमाण्डौँ । पछिल्लो समय दुई बिशाल छिमेकी मुलुक चीन र भारतको बीचमा रहेको भुपरिवेष्ठित मुलुक नेपालमा अमेरीकी दबदबा बढ्दै गएको छ । त्यसो त नेपाल सम्बन्धि सिआईएको प्रतिवेदनमा सन् १९४८ तिरै नेपाल एशियाको ककटिप भएको भनेको थियो ।

खास गरी बिशाल चीन अमेरीकाको अहिलेको मुख्य आर्थिक र सैन्य प्रतिस्पर्धी मुलुक हो । चीनलाई दबाबमा राख्न अमेरीकाले चीन वरपरका मुलुकसँग व्यापक साझेदारी र सहकार्य गरीरहेको छ । ईन्डोप्यासेपिक रणनीति र विभिन्न योजनाहरु मार्फत चीनको आर्थिक र सैन्य एवं प्राविधिक क्षेत्रमा दबाब राख्न अमेरीकाले एशियामा विगतमा जापान र दक्षिण कोरीयासँग सघन र अन्यसँग सामान्य सम्पर्क बढाएकोमा अहिले भारत, फिलिपिन्स, भियतनाम, अष्ट्रेलियालाई रणनीतिक साझेदार बनाएर गठबन्धन बनाउन प्रयास गरिरहेको छ ।

यही प्रकृयामा नेपालमा पकड बनाउन अमेरीकाले एमसीसी परियोजना लागू गर्ने सम्झौता गरेको छ ।

त्यसैमा नेपाल पनि अहिले अमेरीकाको प्राथमिकतामा देखिएको छ । अहिले नेपालमा अमेरीकी कुटनीतिज्ञहरुको भ्रमण तीव्र छ । तत्काल नेपालका प्रधानमन्त्री प्रचण्ड पनि अमेरीकी यात्रामा छन् । त्यस क्रममा विदेशमन्त्री र युएएआईडीका प्रमुख लगायतकासँग बैठक गरेका छन् । यही बैठकका क्रममा अमेरीकाले २० मिलियन डलर सहायताको घोषणा पनि गरेको छ ।

पछिल्लो १२ वर्षको अवधिमा नेपालको प्रमुख दाता राष्ट्रमा अमेरीकाले चीन र भारतलाई समेत उछिनेको देखिएको छ । पछिल्लो १२ बर्षमा अमेरीकाले नेपाललाई १ अर्ब ६० करोड ७५ लाख भन्दा बढी डलर आर्थिक सहायता दिएको छ ।

त्यसपछि चीनले एक अर्ब चार करोड २४ लाख बढी आर्थिक सहायता दिएको छ भने भारतले ९९ करोड ४१ लाख डलर बढी आर्थिक सहायता दिएको छ ।

पछिल्लो समय अमेरीकी सक्रियता बढेको यसले पुष्टी गर्दछ । साथै न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्डले नेपालमा समेत सक्रिय रहेको युएसएआईडीको कार्यक्रम डेमोक्रेसी डेलिभर्समा सहभागी भए , जुन कार्यक्रममा अमेरीकी विदेश मन्त्री एन्टोली ब्लिन्कन पनि सहभागी थिए ।

सोही कार्यक्रममा अमेरीकी अधिकारीहरुले लोकतान्त्रिक प्रगति र सुधारका लागि भन्दै २० मिलियन डलर आर्थिक सहायताको घोषणा गरे । प्रधानमन्त्री प्रचण्ड चीन उड्नु अघि अमेरीकाले त्यो सहायता प्याकेज घोषित गरेको हो ।

युएसएआईडीका प्रमुख सामंथा पावरले नेपालमा अझै फोर्ड फाउन्डेसन र रकफेलर फाउण्डेसनले समेत काम गर्ने बताएका छन् । यसले नेपालमा थप आईएनजिओहरु सक्रिय हुने संकेत गर्दछ ।

नेपालमा एमसीसी अनुमोदनसँगै शंसकिन बनेको चीनलाई नेपालले कसरी आस्वस्त पार्न सक्छ यो प्रधानमन्त्रीको भोलीदेखि शुरु हुने साता व्यापी लामो चीन भ्रमणले स्पष्ट पार्नेछ ।

तर पनि नेपालमा अमेरीकी प्रभाव बढ्नुलाई चीनले सकारात्मक रुपमा लिने संभावना भने कम छ । नेपालले सन्तुलित कुटनीति मार्फत आफ्नो हितको रक्षा गर्नु पर्ने आवस्यकता छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी