दुई सयजना नेपाली अमेरिका पु¥याउने गिरोहका नाइके हस्त गौतम पक्राउ, सुदर्शन गौतम फरार

दुई सयजना नेपाली अमेरिका पु¥याउने गिरोहका नाइके हस्त गौतम पक्राउ, सुदर्शन गौतम फरार

  • सोमवार, भदौ २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

काठमाडौँ । नेपालीको विपन्नता र विवशताको फाइदा उठाएर विदेशका सुन्दर सपना देखाउँदै मानव तस्करी गर्ने गिरोहहरूको एकपछि अर्को जालो खुल्दै गएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने प्रलोभनमा मानवतस्करी गर्दै करोडौँ असुलेका देशका पूर्वउपप्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म पक्राउ परेर जेल सजाय काटिरहेको समयमा विभिन्न बहानामा मानव तस्करी गर्ने नयाँनयाँ गिरोहहरूको रहस्य खुल्दै गएको हो ।
यसैक्रममा विभिन्न बहानामा सयौँ मानिसलाई अमेरिका र क्यानाडा पु¥याएर करोडौँ रुपैयाँ जम्मा गरेका ‘मानव तस्कर’ हस्त गौतम नेपाल–भारत सिमानाबाट पक्राउ परेको समाचार प्राप्त भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा पछिल्लो मानव तस्करीका मुख्य योजनाकार अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म दुई सयजनालाई अमेरिका पु¥याइसकेको स्रोतहरूले जनाएका छन् ।

यसरी अमेरिका पठाउने क्रममा गौतमले दुई करोड रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको जानकारी ब्युरोका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टको भनाइ उद्धृत गर्दै स्रोतहरूले उल्लेख गरेका छन् । गौतमका सहयोगी कमल तामाङसहितका तीनजनाविरुद्ध भने यसअघि नै पाँचवटा मुद्दा दर्ता गरी ब्युरोले अनुसन्धान थालेको पनि जनाइएको छ । उनले मेक्सिकोलाई आफ्नो आधार क्षेत्र बनाई पाँचजना एजेन्टलाई नेपालसहित युनाइटेड अरब इमिरेट्स (यूएई), सिङ्गापुर, फिलिपिन्स, थाइल्यान्ड, श्रीलङ्का, कोलम्बिया, ल्याटिन अमेरिकालगायत क्षेत्रमा परिचालन गरी मानव तस्करी गर्ने गरेको पाइएको छ ।
स्रोतहरूको अनुसार पछिल्लोपटक उनीहरूबाट पीडित बनेका चारजनाको उद्धार गरिएको छ भने अझै दुईजनाको उद्धार गर्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताएका छन् ।
‘बाँकी १३ नेपालीलाई विभिन्न देश पठाउने भनी अलपत्र पारेको उजुरी परेको छ’, उनले भनेका छन् । उनले अमेरिका पठाउने भनी भ्रमण राहदानीको समेत दुरुपयोग गरेको बताइएको छ ।

त्यसैगरी हस्त गौतमका मतियार ‘रेड कर्नर’ जारी गरिएका सुदर्शन गौतम क्यानाडा पुगेर फरार रहेको बताइएको छ । क्यानाडास्थित विशेष स्रोतका अनुसार उनी न्यागरा फल्सवरिपरि किसानको भेष धारण गरी लुकेर मानव तस्करीमा क्रियाशील रहेको बताइएको छ । स्रोतहरूका अनुसार चर्चित कलाकार अनमोल केसीका साथै बलिउड कलाकार सुनिल सेट्टीलाई लिएर चलचित्र ‘एक्स नाइन’ छायाङ्कन गर्ने हल्ला चलाउने निर्देशक मुकुन्द भट्ट र सुदर्शन गौतम मिलेर १२ जना नेपाली तथा भारतीय नागरिकहरूलाई चलचित्र छायाङ्कन गर्ने बहानामा क्यानाडा पु¥याइसकेका छन् भने निर्देशक मुकुन्द भट्ट पनि शरणार्थी आवेदन दिएर लुकेर बसेका छन् । अहिलेसम्म चलचित्र ‘एक्स नाइन’ का हाल अनुबन्धित कलाकार प्रदीप खड्का भने यी सबै विषयमा अनभिज्ञ रहेको बताइएको छ ।

यसैबीच हाम्रा कुरा अनलाइनमा प्रकाशित समाचारअनुसार रुकुम सिस्ने गाउँपालिकाको नाथीगाड घर भई हाल अमेरिकी नागरिकता लिएका टेक्सास निवासी ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म दुई सयजना नेपाली नागरिकलाई विभिन्न बहानामा अमेरिका प¥याइसकेको सार्वजनिक भएको छ ।
गौतमले नेपाली नागरिकलाई विभिन्न देशमा पु¥याई राहदानी र मोबाइलसमेत जफत गरेर ठूलो मात्रामा पैसा माग गर्ने गरेको पनि समाचारमा उल्लेख छ ।
एजेन्टले भनेजति पैसा नदिए शारीरिक तथा मानसिक यातना दिने, थप पैसा माग्ने, विदेशमा रहेका एजेन्टलाई बेचबिखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी नेपाली नागरिकलाई अलपत्र पार्ने गरेको पनि उक्त समाचारमा उल्लेख छ ।
गौतममाथि मानव बेचबिखन, ओसारपसार तथा सङ्गठित अपराध मुद्दामा अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको समाचारमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी