हर्क साम्पाङलाई प्रश्न गर्ने अशोक लिम्बु पक्राउ

हर्क साम्पाङलाई प्रश्न गर्ने अशोक लिम्बु पक्राउ

  • शनिबार, भदौ २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

२३ भदौ, विराटनगर । सार्वजनिक कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गर्ने एक युवक पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१५ का अशोक लिम्बूलाई प्रहरीले पक्राउ गरी एक रात हिरासतमा राखेर छाडेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले मेयरलाई दुर्व्यवहार गरेको सूचना आएपछि लिम्बूलाई नियन्त्रणमा लिएको बताए ।

मेयर साम्पाङले धरानमा हरेक शुक्रबार लागू औषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएका छन् । शुक्रबार अपराह्न उनी धरान उपमहानगरपालिका–१५ मा पुगेका थिए । उनले हाते माइक लिएर सम्बोधन गर्दै स्थानीय वासिन्दालाई सरसफाइमा ध्यान दिन आग्रह गर्दै थिए ।

त्यसै क्रममा स्थानीय अशोक लिम्बूले उपमहानगरपालिकाले सडकमा पानी बगिरहँदा पनि नियन्त्रण नगरेको र त्यसले स्थानीय एक बिरामी परिवार समस्यामा परेको बताएका थिए ।

उनले सरी है भन्दै साम्पाङलाई प्रश्न गरेका थिए, ‘तपाईंहरुले पानी त हेर्न सक्नुभएको छैन दाइ, बाटोमा पानी बगिरहेको छ ।’

तर मेयर साम्पाङले उनलाई चुप लाग, तिमी विरोध गर्न आएको हो भन्दै हप्काएका थिए । त्यसपछि युवक लिम्बूले बोल्न पाइँदैन भन्दै प्रतिवाद गरेका थिए ।

कार्यक्रमपछि मेयरले नै आग्रह गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी