अनिता देवी शाहः मेयरमा जनताले हराए, सिके राउतले मन्त्री बनाए

अनिता देवी शाहः मेयरमा जनताले हराए, सिके राउतले मन्त्री बनाए

  • सोमवार, साउन २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

जनकपुरधाम साउन २९। जनमत पार्टीकी समानुपातिक सांसद अनितादेवी साह संघीय सरकारको मन्त्रीमा नियुक्त भएकी हुन् । उनी गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।

जनताले मेयरमा हराए पनि सिके राउतको आशिर्वाद रहँदा उनी संघीय सरकारको मन्त्री बन्न सफल भईन् । अनिताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

गत स्थानीय तहको निर्वाचनमा जनमत पार्टीबाट टिकट पाएर जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी उनले जम्मा १ हजार ४३७ मत प्राप्त गर्दै सातौँ स्थानमा सीमित भएकी थिइन् । संघीय संसद्मा अध्यक्ष राउतसहित जनमत पार्टीका ६ सांसद छन् ।

गत स्थानीय तहको निर्वाचन अघि जनमत पार्टीमा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेकी अनिता यसअघि गैरसरकारी संस्था र समाजसेवामा सक्रिय थिइन् ।

जनमत पार्टीले एक महिनाअघि नै सरकारमा सामेल गर्नका लागि अनिताको नाम प्रधानमन्त्रीलाई पठाएको थियो । माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि जनमत पार्टीकी अनितालाई सरकारमा सामेल हुने बाटो खुलेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी