नारायणी अस्पतालको प्रसुती गृहमा कर्मचारीहरु मदिरा सेवान गरेर उत्पात मच्चाउने , आठ जनालाई स्पष्टीकरण ,तीन सदस्य छानबिन समिति गठन

नारायणी अस्पतालको प्रसुती गृहमा कर्मचारीहरु मदिरा सेवान गरेर उत्पात मच्चाउने , आठ जनालाई स्पष्टीकरण ,तीन सदस्य छानबिन समिति गठन

  • मङ्लबार, साउन २३, २०८०
  • दीपक चौरासीया

  • 8.9K
    SHARES

वीरगंज, । नारायणी अस्पतालमा कार्यरत कर्मचारीहरु नै राति मदिरा सेवन गरेर अस्पतालको अति नै संबेदनसिल प्रसुति वार्डमा प्रवेश गरेको घटना बाहिरीएको छ ।

गर्भवती महिलाहरुको परिक्षण , प्रसुती९मभष्खिभचथ ० गराउने अति सम्बेदनशिल प्रसुती पश्चात् उपचार आदि निकै नै महत्त्वपूर्ण ठाउँ मानिन्छ त्यस्तो वार्डमा प्रवेश गर्नु गलत भएको प्रसुती कक्षमा प्रवेश गरेर हामी माथि अभद्र ब्यवहार समेत भएको खुलासा भएको छ । नारायणी अस्पतालको उक्त संबेदनसिल ठाउमा अस्पतालकै कर्मचारीहरुबाट यस्तो हर्कत हुनु ठीक नभएको चिकित्सकहरु बताउँछन् ।

अस्पताल जस्तो सम्बेदनशील ठाउँमा यसरी राति होहल्ला मचाएर अरु विमारीहरुलाई समेत असर परेको थियो। अस्पतालकै कर्मचारीबाट यस्तो हुनु भनेर असुरक्षित रहेको भन्दै ,प्रसासन समक्ष लिखित उजुरी दिदै कार्यबाही माग गरेका छन। प्रशासनिकतर्फका कर्मचारी प्राविधिकतर्फका महिला स्वास्थ्यकर्मीहरूसँग दुव्र्यवहार भएको घटना सार्वजनिक भएको छ।

नारायणी अस्पतालका लेखा शाखा, प्रशासन र सामाजिक एकाइमा कार्यरत कर्मचारीहरूले प्रसूति ९गाइनो० वार्डका महिला स्वास्थ्यकर्मीहरूसँग दुव्र्यवहार गरेको घटना बिहिवार भएको हो ।अस्पतालको सिसि क्यामाराको फुटेज हेर्दा लेखापाल अकलेश सहनी को अगुवाईमा अस्पतालको विभिन्न फाट्मा काम गर्ने कार्यलय सहयोग देखि फारमासिस्ट सहित को टोलि प्रस्तुती बिभागको नर्सिङ स्टेशनमा पुग्दै ,डिउटी कक्षमा खैलाबैला मचाउदै,त्यहाँ कार्यरत नर्सिङ कर्मचारी देखी प्रशिक्षनमा आएका नर्सिङ स्टाफहरु भागाभाग भएको थियोे ।

कर्मचारी नै यसरी मादक पदार्थ सेबन गरेका ती कर्मचारी हरुले संबेदनसिल स्थल मा अनाधिकृत प्रबेश गर्दा त्यहाँ खतेका कर्मचारीहरु भएभित समेत भएका थिए ।राति ११ बजेको समयमा केही कर्मचारीहरुले खाजाको लागि ल्यायका खानेकुरा जबर्जस्ति झोला बाट निकालेर आफू बीच बाडेको दृश्य ऋऋत्ख् फुटेज मा देख्न सकिन्छ । घटनाको विवरण अनुसार साउन १७ गते राति ११ बजे एक्सी लेखापाल अकलेश सहनी, सहलेखापाल डम्बरनारायण साह, फर्मासिस्ट रजत साह, सामाजिक एकाइका सहजकर्ता रामप्रवेश यादव, सुजित दास, इलेक्ट्रिसियन सञ्जीव गुप्ता र कार्यालय सहायक सुवास गुप्ता र सुवास साह मदिरासेवन गरेर गाइनो वार्डमा प्रवेश गरेपछि स्थित खैलाबैला मचिन्छ ।

उनीहरूले लेबर रूममा कार्यरत महिला स्वास्थ्यकर्मीहरूसँग दुव्र्यवहारको प्रयास गर्छन् भने केहीले महिला स्वास्थ्यकर्मीहरूको झोलाबाट फास्टफूड निकालेर चिफ खान्छन् । लेबर रूममा सम्बन्धित पुरुष चिकित्सकबाहेक अन्य पुरुषलाई प्रवेश निषेध हुने ठाउँमा आफ्नो राजकाज जमाउने गरेको दृश्य हेर्न सकिन्छ । त्यहाँ कार्यरत महिला स्वास्थ्यकर्मी र सहायक पनि महिलाहरू मात्र राखिएका छन् । अस्पतालको अति संवेदनशील वार्डमा अस्पतालकै कर्मचारीहरू दादागिरी शैलीमा प्रवेश गर्ने गरेको बुझिन्छ ।

, महिला स्वास्थ्यकर्मीहरूसँग दुव्र्यवहार गर्ने जस्ता कार्यहरू भएपछि घटनाविरुद्धमा वार्ड इन्चार्ज हेमा थापाले अस्पताल प्रशासनमा भोलिपल्टै लिखित र किटानी उजूरी दिएकी थिइन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साहले उजूरीको आधारमा तत्कालीन सिसिटिभी फुटेज हेरेर साउन १९ गते शुक्रवार तीन दिने स्पष्टीकरण सोधेको र डा सुरेन्द्र चौधरीको संयोजकत्वमा रीति साह र सुनील रौनियार रहेको तीन सदस्यीय छानबीन समिति गठन गरेको छ । स्पष्टीकरण सोधिएको र छानबीन समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने मेसु साहले बताए ।

घटनाका आरोपीमध्येका लेखापाल अकलेश सहनीले बियर सेवन गरेको र एकजना साथीकी पत्नी प्रसूति वार्डमा भर्ना भएकाले आफू सो स्थानमा गएको बताएका छन् । उनले आफू र साथीहरू बियर सेवन गरेर जानु नै गलत भएको स्वीकार गरे । उनले आफूहरूबाट घटना नियोजितरूपमा नगरिएको तर अब भने षड्यन्त्र भइरहेको आरोप लगाए । तर प्रसूति वार्डका महिला स्वास्थ्यकर्मीहरूले यसभन्दा पहिले पनि यस प्रकारका घटनाहरू हुँदै आएका आरोप लगाउँछन् । उनीहरूले लेखापाल सहनी आएदेखि कसै न कसैको क्वार्टरमा भोजभतेर गर्ने र वार्डमा आएर महिला स्वास्थ्यकर्मीहरूसँग दुव्र्यवहार गर्ने गरेका आरोप लगाएका छन् ।

नारायणी अस्पतालमा भएको यो घटनाले अहिले समाजमा एक किसिमको नकारात्मक सन्देश बाहिर गएको छ। अस्पताल प्रशासनले कस्तो खालको कारवही गर्ने हो त्यो आउने दिनमा थाहा हुनेछ । यस्ता कर्मचारीहरुलाई अस्पताल प्रशासनले जोगाउने काम कुनै हालतमा गर्न नहुने आवाज उठन थालेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी