एउटा सिक्री र अचार थाहा पाउने प्रहरी र कर्मचारीले एक क्वीन्टल सुन कसरी चिनेन ?

एउटा सिक्री र अचार थाहा पाउने प्रहरी र कर्मचारीले एक क्वीन्टल सुन कसरी चिनेन ?

  • शुक्रबार, साउन ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले १५५ किलो सुन तस्करी घटनामा गृह र अर्थ मन्त्रालयको संलग्नता देखिएको आरोप लगाएका छन् । प्रहरीको उच्च सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्टबाट ठूलो परिमाणमा सुन भित्रिनुले घटनामा गृह मन्त्रालयको संलग्नता देखिएको उनको ठम्याई छ ।

गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूबीच भागबन्डामा कुरा नमिल्दा सुन समातिएको हुनसक्ने उनको बुझाई छ । डीआइजीको नेतृत्वमा विशेष सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्ट कटेर सुन भित्रिनु र एयरपोर्टको गेट कटेर गइसकेपछि अर्थ मन्त्रालय मातहतको राजश्व विभागले पक्राउ गर्नुले घटनामा गृहको संलग्नता पुष्टि गर्ने सांसद शर्मा बताउँछन् ।

‘विदेशमा भएको छोरालाई गाउँबाट आमाले एक बट्टा धुले अचार पठाउँदा पुलिसले थाहा पाउँछ, विदेशबाट आउँदा ल्याएको एउटा मोबाइल समातेर हल्ला पिटिन्छ, सिक्री थुतिन्छ, त्यस्तो कडा चेकजाँच हुने एयरपोर्टमा क्विन्टलका क्विन्टल सुन कसरी पस्छ र कसरी यहाँ एयरपोर्टको गेटबाट बाहिरि जान सक्छ?,’ काठमाडौंमा बिहीबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै सांसद शर्माले भने, ‘गृह मन्त्रालय मातहतको प्रहरीले नसमातेर एयरपोर्टबाट सुन बाहिरिनुले यसमा गृह सामेल थियो भन्ने प्रमाणित भयो, गृह र अर्थबीचको भागबन्डामा कुरा नमिल्दा पक्राउ परेको जस्तो देखिन्छ । यसमा संलग्न मुख्य नायिके सार्वजनिक गरिनुपर्छ, अब हामी त्यसै छोड्नेवाला छैनौ ।’

ठूलो पदमा भएका व्यक्ति वा ठूला राजनीतिकर्मीकै संलग्नतामा सुन तस्करी भएको सांसद शर्माको आशंका छ । मोरङको क्षेत्र नं.३ मा नेपाली कांग्रेसबाट निर्वाचित भएका सांसद शर्माले हाम्रो गठबन्धनको गृहमन्त्री, मेरो पार्टीको अर्थमन्त्री भनेर अब नछोडिने प्रष्ट पारे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी