६० लाख पासपोर्ट छपाइको निर्णय भइसकेको छ, टेन्डरको प्रक्रियामा जान्छः परराष्ट्रमन्त्री साउद

६० लाख पासपोर्ट छपाइको निर्णय भइसकेको छ, टेन्डरको प्रक्रियामा जान्छः परराष्ट्रमन्त्री साउद

  • सोमवार, असार २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

असार २५, काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले मन्त्रिपरिषद्ले ६० लाख पासपोर्ट छपाइको निर्णय गरिसकेकोले अब टेन्डर प्रकृयामा जाने बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री साउदले मुलुकलाई पासपोर्टको अभाव खड्किन नदिनका लागि ५ वर्षका लागि ६० लाख पासपोर्ट छपाइको निर्णय भएको जानकारी दिएका हुन् ।

उनले छपाईके निर्णय भएर पासपोर्ट खरिदको निर्णय टेन्डर प्रक्रियामा जान लागेको जानकारी दिए । मन्त्री साउदले भने, ‘पासपोर्ट जुनसुकै बेला पनि अभाव हुनसक्ने गर्न हुन्न भनेर लामो अवधिका लागि पासपोर्ट छपाइ गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ, पाँच वर्षलाई पुग्ने गरेर लगभग ६० लाख पासपोर्ट छाप्ने निर्णय गरिएको छ । यो निर्णय अब टेन्डरको प्रक्रियामा जानकारी समितिलाई गराउँदछु ।’

अहिले मौज्दात रहेका पासपोर्ट बाहेक थप ६० लाख प्रति पासपोर्ट छपाइको निर्णय हुन लागेको उनले बताए ।

त्यस्तै, मन्त्री साउदले खाली रहेका राजदूतावास र नियोगहरूमा राजदूत नियुक्तिका लागि प्रक्रिया थालिने जानकारी दिएका छन् । उनले केही दिनमा नै राजदूत नियुक्तिको प्रक्रिया टुंगोमा पुगिने बताएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी