जेठ १० काठमाण्डौँ । सिंहदरबार र बालुवाटार देशको शासन सत्ताको केन्द्र हो । तर यो केन्द्रमा भ्रष्ट दलाल र माफियाहरुको चंगुल कसरी झाँगिएको छ भन्ने कुराको पछिल्लो खुलासा हो नक्कली भुटानी शरणार्थी प्रकरण ।
यस प्रकरणमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने नाममा सँयौ नेपालीसँग पाँच लाख देखि ५० लाख सम्म पैसा उठाएको गिरोहले यो करोडौँ रकमको लेनदेन उच्च पदस्थ भनिएकाहरुबीभ भागवण्डा सिंहदरबार र बालुवाटारमै लेनदेन गरेको खुलेको छ ।
प्रहरीमा बयान दिने क्रममा सरकारका सचिव देखि बिचौलीया सम्मले गृहमन्त्रालयमै , बालुवाटारमै पैसा बुझाएको स्वीकारेका छन् । यसले देशलाई नै लज्जाबोध बनाएको छ ।
जनताको निम्ती काम गर्ने भन्दै कुर्सीमा पुगेकाहरुले त्यो कुर्सीमा बसेर मान्छे बेच्ने क्रममा करोडाँै रकम लेनदेन गरेको खुल्नुले उनीहरुमाथि हदै सम्मको कार्बाही हुनु जरुरी छ । यो रकम लेनदेनमा पूर्व उपप्रधान एवं गृहमन्त्री टोप बहादुर रायमाझी, बालकृष्ण खाँड, सचिव टेक नारायण पाण्डे, केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, ईन्द्रजीत राई र बादलको परिवारले समेत क्वार्टरमै पैसा बुझेको बयानमा खुलेको छ ।
यस प्रकरणमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले लिएको एक्सनले एक हदसम्म यो संगठित अपराधमा संलग्न गिरोहको जालो तोडिएको छ । नेपालकै ईतिहासमा हाल सम्मकै सबै भन्दा ठुलो संगठित गिरोहमाथि सरकार कार्बाहीमा उत्रिएको छ । उनीहरुले अदालतबाट उन्मुक्ति पाउने प्रयास गरेपनि थप अनुसन्धान र कार्बाहीमा सरकार चनाखो हुनु पर्छ ।
सिंहदरबार र बालुवाटार जनताका सेवकहरुको शासन केन्द्र हुनु पर्छ नकि दलाल र भ्रष्टहरुको रजाँई र लेनदेनको अखडा !