भारतमा उपचार गर्दा लागेको खर्च राष्ट्रपति पौडेलले आफै व्यहोर्ने

भारतमा उपचार गर्दा लागेको खर्च राष्ट्रपति पौडेलले आफै व्यहोर्ने

  • मङ्लबार, बैशाख १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

बैशाख १९ काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा लागेको उपचार खर्च आफैँ बेहोर्ने भएका छन् । उनले भारतको नयाँ दिल्लीस्थित अखिल नेपाल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा उपचार गर्दा लागेको खर्च आफैँ बेहोर्ने भएका हुन्।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले एम्समा भएको उपचार खर्च राष्ट्रपति आफैँले ब्यहोर्न चाहेको बताएका छन्। ‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयम्‌ले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि यही वैशाख ६ गते भारत गएका राष्ट्रपति पौडेल गत आइतबार राति स्वदेश फर्किएका थिए। स्वदेशमा उपचार नगरी विदेश गएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि राष्ट्र्रपतिको यो चाहना सार्वजनिक भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी