बीरगञ्जको बयोधा अस्पतालले बिरामीको उपचारका नाममा ठग्ने गरेको भन्दै बिरोध

बीरगञ्जको बयोधा अस्पतालले बिरामीको उपचारका नाममा ठग्ने गरेको भन्दै बिरोध

  • शनिबार, बैशाख १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

बिरगंज १६ बैशाख । बयोध्य अस्पतालले विमारीको उपचारको नाममा नाममा आर्थिक ब्रमलुट मच्चाउने गरेको खुलासा भएको छ । हालै मोटरसाइकल दुर्घटनामा परि दुई जना उपचार गराउने क्रममा यो घटना बाहिर आएको हो ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ निवासी अजय चौरसियाले आज पत्रकार सम्मेलनमार्फत आफ्नो भाइ बिजयी बरैको उपचारको नाममा मेडिसिटि नारायणी बयोध्या अस्पतालले आर्थिक शोषण गरिरहेको खुलासा गरेका छन् । उपचारको बहानामा ओपिडि चार्ज,सर्जन चार्ज भनेर अलगअलग गरि १ लाख ५० हजार लिएको र ओपिटि चार्ज मात्र १ लाख ५ हजार लिने गरेको सो पत्रकार सम्मेलनमा बताएका छन् ।

आफ्नो भाइको टाउकोमा चोट लागेको तर अपरेसन गरेको भनेर त्यसमा समेत आर्थिक लिएको तर आफ्नो भाइको त्यहाँ अपरेसन नै नभएको बताए ।उनले भने अहिले आफ्नो भाइको मृत्यु भइसकेको भए पनि शव लिन खोज्दा बाकी रकम बुझाएर मात्र लिन पाउने अस्पताल बताएको पिडित चौरसियाले बताएका छन्। अस्पतालले विमारीको नाममा शोषण र ब्यापार गरिरहेको यस्तो अस्पताललाई कारवही हुनुपर्ने बताए ।

अस्पतालले भ्यान्टिलेतरमा राखेको १२ घन्टाको रु ४८ सय लिने गरेको मृत्यका दाइ चौरसियाले पत्रकार सम्मेलनमार्फत आफ्नो पीडा सुनाएका छन ।हामीले अस्पताल प्रशासनलाई हारगुहार गर्दा समेत कुनै सुनुवाइ नभए पछि बाध्य भएर अस्पतालको बारेमा भन्डाफोर गरेको बताए ।अस्पताल सेवा दिन खोलेको होइन हामी कर्पोरेसनहाउस खोलेका हौ भनेर अस्पताल प्रशासनले जवाफ दिएको गुनासो सुनाए । मंगलबार निजगढ बाट सिमरा मोटरसाइकलमा आउने क्रममा धिरज गुरुङ र बिजयी बरै सिमरामा दुर्घटना भएको हो ।

घाइते बरै र गुरुङको उपचार गर्न नारायणी बयोध्यामा अस्पतालमा दुबै जनाको मृत्यु भएको छ।गुरुङको होस् आएको भए पनि अस्पतालको लापरबाहीले उनको मृत्यु भएको अहिले गुरुङको नाममा ७ लाखको बिल रहेको उनको आमा सामान्य चियाको पसल मात्र रहेको यति धेरै रकम कहाँबाट ल्याउन सक्छन् भनेर मृत्यक बरैका दाइ चौरसियाले बताएका छन् ।न्यायको लागि आफू अगाडि बढने भएकोले आफुलाई साथ दिन अपिल गरेका छन् ।

आफ्नो भाइको मृत्यु भइसक्दा समेत आर्थिकको बार्गेनिङ गर्ने अनि यस्तो अस्पतालमा गरिव जनताहरुले कसरी उपचार गर्न सक्छन् भनेर प्रश्न गरेका थिए। मेरो भाइ मृत्यु भयो अब अन्य जनताहरु त्यस्तो अस्पतालमा उपचार गर्न नजाउन र भोलि हामी जसरी दलदलमा फस्सौ अरु नफसुन भन्ने हाम्रो उदेश्य रहेकोले यो पत्रकार सम्मेलनमार्फत आम जनतालाई सचेत गराउन चाहेको बताए । अस्पताल प्रशासनले भित्र रुपमा गुन्डागर्दी तरिकाले मानिसहरु राखेको र विमारीलाई भेट्न र कुर्न समेत नपाउने र इमर्जेन्सी विमारी भए थप उपचार खर्च लाग्ने भनेर समेत उल्लेख गरेको छ ।

यस्तो ज्यान मार अस्पतालको बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी दिन्छौं भन्दा उल्टै धम्की दिएको मृत्युका दाजु चौरसियाले पत्रकार सम्मेलनमा बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी