चैत्र १० काठमाण्डौँ । उपनिर्वाचनमा पुनः मनोनयन गर्ने तयारी गरेका रवि लामिछाने बिरुद्ध पुनः सर्वोच्चमा रिट दायर भएको छ ।
यस अघि नागरिकता प्रकरणमा मुद्धा दायर गरेर फैसला गराएका युवराज पौडेल सफल ले नै यस पटक पनि मुद्धा दायर गरेका हुन् ।
यस अघि सर्वोच्चले राहदानी दुरुपयोग विषयमा ऐन बमोजिम सम्बन्धित निकायबाट अनुसन्धान हुनु पर्ने भन्ने फैसला सुनाएको थियो ।
तर प्रहरी र जिल्ला प्रशासन कार्यलयको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यलय र महाहन्यायधिवक्ताको कार्यलयले मुद्धा नचलाउने निर्णय गरेपछि आलोचना भएका बेला पौडेल मुद्धा लिएर सर्वोच्चमा पुगेका हुन् । लामिछाने बिरुद्ध मुद्धा चलाउने नचलाउने भन्ने विषयमा अध्ययन भईरहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
लामिछानेले त्यागिसकेको नेपाली नागरिकता नै प्रयोग गरेको देखिएको भन्दै सर्वोच्चले पुनः नागरिकता लिनु पर्ने भनेपछि लामिछानेको मन्त्री र सांसद पद गुमेको थियो ।
उनी फेरी चितवन २ बाट चुनाव लड्न लागेका छन् । राहदानी प्रकरणमा फेरी मुद्धा चलेमा उनको उम्मेद्धारी र फेरी सांसद पद खारेज हुन सक्ने आशंका समेत समर्थकहरुले गर्न थालेका छन् ।