एजेन्सी फागुण १९ । तीव्र विकासको गतिमा गएको चीनले पश्चिमा देशहरुलाई क्रिटिकल प्रविधिको क्षेत्रमा उछिनेको छ ।
चीनले विश्वका ४४ क्रिटिकल प्रविधि मध्य ३७ वटाको नेतृत्व चीनले गर्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियन थिंक ट्यांकहरुले गरेको एक अध्ययनले यो तथ्य फेला पारेको हो ।
यसले चीन प्रविधिको क्षेत्रमा विश्वकै सुपरपावर बनेको अध्ययनको निष्कर्ष छ । रक्षा , उर्जा, अन्तरीक्ष, बायो, आर्टिफिसियल ईन्टेलिजेन्स, रोबोर्ट, वातावरण प्रविधि र क्वान्टम प्रविधि जस्ता क्षेत्रमा चीनको स्थान उच्च रहेको अष्ट्रेलियन स्ट्राटेजिक पोलिसी ईन्सटीच्युटको प्रतिवेदनमा भनिएको छ ।
ड्रोन, सिकाई यन्त्र, विद्युतीय ब्याट्री, आणविक उर्जा जस्ता क्षेत्रमा विश्वभर चीनको दबदबा रहेको छ ।
उता महाशक्ति अमेरीकाले भने स्पेस लन्च प्रणाली र क्वान्टम कम्प्युटिङ जस्ता सात वटा क्रिटिकल प्रविधिको क्षेत्रमा मात्रै नेतृत्व गरेको छ ।