फागुण ५ काठमाण्डौँ । अब केही दिन भित्र देशको राजनीतिक कोर्षमा परिवर्तन आउन सक्छ । पुष १० मा भएको अप्रत्यासित निर्माण भएको गठबन्धन भत्किएमा अनौँठो हुने छैन । किन भने बालकोटमा बनेको त्यो गठबन्धन काँग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई शुरुमै दिन नमान्दाको उपज थियो ।
काँग्रेस सभापति शेर बहादुर देउवा तयार हुँदा हुँदै पनि उनकी पत्नी आरजु राणा, विमलेन्द्र निधि लगायतले त्यो वातावरण विगारेको भन्दै आलोचना हुने गरेको छ । उच्च स्रोतका अनुसार देउवाले विमलेन्द्रको नामै लिएर गठबन्धनका अन्य नेताहरुसँग आलोचना गरेका थिए । निधिले विहानै प्रचण्ड निवास पुगेर काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै नछाड्ने बताएका थिए ।
त्यसपछि एकाएक संघदेखि प्रदेश सम्म वाम गठबन्धनको सरकार बनेपछि काँग्रेसले कोर्स करेक्सनका लागि लगातार प्रयास गरिरहेको छ । काँग्रेस नेताहरुले अनेक चरणमा प्रधानमन्त्री प्रचण्डसँग छलफल जारी राखेका छन् ।
उनीहरुले एमालेसँगको सहमति तोडाएर काँग्रेसलाई राष्ट्रपति दिए पाँचै वर्ष प्रचण्डलाई प्रधानमन्त्री दिने अफर दिईरहेका छन् ।
काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसलाई राष्ट्रपति दिए प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री दिने सार्वजनिक रुपमै बताएका छन् ।
एमालेले निरन्तर प्रधानमन्त्रीसँग छलफल गर्दै विगतमा भएको सहमति प्रचण्डलाई सम्झाँउदै आएको छ । त्यस क्रममा ओली र प्रचण्डबीच बाक्लो भेटवार्ता चलिरहेको छ ।
प्रचण्डले विस्वासको मत लगभग सबै दल र सांसदले दिएकाले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नु पर्नेमा जोड दिँदै आएका छन् । यस विषयमा कम्तीमा फागुण १० सम्ममा नयाँ कोर्ष आउन सक्ने अनुमान गरिएको छ ।