रवि लामिछानेको दोस्रो अल्टिमेटम पनि सकियो,छाडेन सरकार !

रवि लामिछानेको दोस्रो अल्टिमेटम पनि सकियो,छाडेन सरकार !

  • आइतवार, माघ २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

माघ २२ काठमाण्डौँ । रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन दबाब स्वरुप रास्वपाले दिएको दोस्रो अल्टिमेटम पनि सकिएको छ । लामिछानेले पहिलो पटक एक दिनको अल्टिमेटम दिएर गृहमन्त्री बनाउनु पर्ने नत्र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका थिए ।

त्यसपछि पनि प्रधानमन्त्रीले सर्वोच्चको फैसलाको पूर्ण पाठ आईनसकेको र गैर सांसदलाई तत्काल मन्त्री नबनाउने अडान राखेपछि लामिछानेले केपी ओली र राजेन्द्र लिंग्देन मार्फत दबाब सृजना गराएका थिए ।

तर त्यो पनि असफल भएपछि हिजो बेलुका नै रास्वपाको अल्टिमेटम सकिए पनि उसले राति बसेको बैठकबाट सरकारबाट फिर्ता हुने निर्णय लिन सकेन ।

सो पार्टी भित्र लामिछानेले मन्त्री नपाउदैमा सरकार छाडिहाल्न नहुने मत बलियो बन्दै गएकाले लामिछानेको एकल निर्णय वा प्रस्ताव कमजोर हुन थालेको छ ।

आज पनि रास्वपाको बैठक बस्दैछ । आजको बैठकमा गृह बाहेकको मन्त्रालय लिन प्रधानमन्त्री र ओलीेले प्रस्ताव गरेको विषयमा छलफल हुँदैछ ।

दुबै शीर्ष नेताले लामिछानेलाई आफू सरकारमा सहभागी नहुन र अरुलाई पठाउन सुझाव दिएको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी