माघ १६ काठमाण्डौँ । टेलिभिजनबाट पुराना पार्टी र नेताहरुलाई नैतिकता र सुसासनको बारेमा आलोचना गरेर आफै राजनीतिमा आएका रवि लामिछानेले आफै स्वार्थ बाझिने मन्त्री भए । चुनावबाट राम्रो नतिजा ल्याएपछि हौसिएका उनी उपप्रधान तथा गृहमन्त्री बने । उनी अमेरीकाबाट नेपाल आएर काम गरेपछि ७५ सालदेखि नै नागरिकता र श्रम स्वीकृतिको मुद्धा उठेको थियो तर उनले अटेर गर्दै आएका थिए ।
उनले आफैले त्यागेको नेपाली नागरिकता पुनप्राप्तिका लागि सामान्य प्रयास नगरी अटेर गर्दा उनको सांसद र मन्त्री पद गुम्यो । सर्वोच्चको आदेशपछि उनले पुनः आईतबार नागरिकता प्राप्त गरे । त्यसै दिन उनले प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्री बनाउन दबाब दिए ।
सुसासन र नैतिकताको हिशाबले उनी बिरुद्ध अझै पनि सर्वोच्चको फैसलाको पूर्ण पाठ आईसकेको छैन । दोहोरो राहदानी प्रयोगको मुद्धामा सर्वोच्चले के भनेको छ ? त्यो स्पष्ट छैन । पासपोर्ट मुद्धामा प्रहरीले अनुसन्धान समेत जारी राखेका बेला उनी फेरी किन गैर सांसद मन्त्री बन्ने प्रावधानलाई टेकेर गृहमन्त्रालय नै ताकिरहेका छन् । सो पार्टीलाई नै गृहमन्त्रालय दिँदा पनि सो पार्टीमा अन्य सांसदहरु नभएका हैनन् ।
लामिछानेले केपी ओलीलाई पुनः गृहमन्त्री बन्नका लागि सहमत गराईसकेका छन् । प्रधानमन्त्रीले मात्र यस विषयमा टुंगो दिएका छैनन् । उनी गृहमन्त्री फेरी बनेर रवि शक्तिशाली छन् भन्ने एकातिर देखाउन खोजिरहेका छन् भने अर्कोतिर पासपोर्टको अनुसन्धानलाई तुहाउने प्रयासमा लागेको स्पष्ट हुन्छ ।