काँग्रेसलाई राष्ट्रपति र सभामुख मध्य एक वटा पद दिन तयार छन् प्रचण्ड ?

काँग्रेसलाई राष्ट्रपति र सभामुख मध्य एक वटा पद दिन तयार छन् प्रचण्ड ?

  • आइतवार, माघ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

माघ १ काठमाण्डौँ । नेपालको संसदीय ईतिहासमा अभूतपूर्व विस्वासको मत पाएका प्रचण्डले तेस्रो कार्यकाल एक हिशाबले कीर्तिमानी खडा गर्न सफल भएका छन् ।

कारण संसदमा ९९ प्रतिशत बढी सबै दलका सांसदको समर्थन पाएका छन् ।

उनलाई शुरुमा प्रधानमन्त्री दिन अस्वीकार गरेको काँग्रेसले समेत अन्ततः विस्वासको म त दिएर गुण लगाएको छ ।

शुरुमा काँग्रेससँगै मिलेर चुनाव लडेका प्रचण्डले पार्टीको ३२ सिट मात्रै हुँदा प्रधानमन्त्री हुन सफल मात्र भएनन् ऐतिहासिक विस्वास पनि जितेका छन् संसदमा ।

त्यही विस्वासलाई कायम राख्न प्रचण्डले काँग्रेसलाई समेत सहमतिमा लिन खोजीरहेका छन् ।

शुरुमा आफू प्रधानमन्त्री भएर काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन तयार प्रचण्ड काँग्रेसले प्रधानमन्त्री दिन नमान्दा एमालेलाई सभामुख र राष्ट्रपति दिने गरी प्रधानमन्त्री भएका छन् ।

त्यो सहमति अनुसार सरकारमा सबै भन्दा धेरै मन्त्रालय पनि एमालेले पाउने छ ।

यस्तो स्थितिमा एमालेले सभामुख र राष्ट्रपति छाडिहाल्न तयार देखिँदैन । तर एमालेले कुनै विन्दुमा सहमति गरेन भने काँग्रेसको समर्थन कायम रहने भएकाले प्रचण्डले दुबै शक्तिलाई मिलाएर सभामुख र राष्ट्रपति बाँड्ने प्रयास गरेको बुझिएको छ ।

प्रचण्डले सार्वजनिक रुपमै शनिबार सभामुख र राष्ट्रपतिका विषयमा काँग्रेससँग पनि छलफल हुने बताएका छन् । अनौपचारीक रुपमा काँग्रेसका नेताहरु समेत दुई मध्य एक पद त्यसमा पनि राष्ट्रपति हत्याउन लागि परेका छन् ।

यो स्थितिमा प्रचण्डले आफ्नो रणनीतिलाई कसरी अघि बढाउछन् त्यसलाई लागू गर्न सके उनले दुबै दलको भागमा सभामुख र राष्ट्रपति दिन सक्छन् ।

माघ ५ गते नै सभामुखको निर्वाचन हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी