रवि लामिछाने बिरुद्ध दोहोरो नागरिकताको बिषयमा परेको मुद्धामा माघ ११ गतेदेखि पूर्ण सुनुवाई गर्ने सर्वोच्चको फैसला

रवि लामिछाने बिरुद्ध दोहोरो नागरिकताको बिषयमा परेको मुद्धामा माघ ११ गतेदेखि पूर्ण सुनुवाई गर्ने सर्वोच्चको फैसला

  • शुक्रबार, पुस २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

पुष २२ काठमाडौँ । गृहमन्त्री रवि लामिछाने विरुद्धको नागरिकता विवादको मुद्दामा माघ ११ गतेदेखि पूर्ण सुनुवाइ सुरु हुने भएको छ ।

शुक्रबारको संवैधानिक इजलासले माघ गतेबाट पूर्ण सुनुवाइ सुरु गरी मुद्दाको किनारा गर्न आदेश दिएको छ । लामिछानेले दोहोरो नागरिकता लिएको र विदेशको नागरिकता त्याग नगरी नेपाली नागरिकता प्रयोगमा ल्याएको तथा स्वतः खारेज भइसकेको नेपाली नागरिकता प्रयोग गरी दल दर्ता गरी उम्मेदवार बनेको लगायतको आरोप लगाएर ती सबै कार्य अवैध घोषित गर्न मागदावी लिइएको थियो ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेल लगायतले दायर गरेको रिटमा लामिछानेको सांसद पद समेत निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाउन अन्तरिम आदेशको मागदावी गरेका थिए ।

तर सर्वोच्च अदालतले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ । लामिछानेको मुद्दामा गम्भीर कानुनी व्याख्याको आवश्यकता रहेको भन्दै मुद्दालाई अग्राधिकार दिएर माघ ११ गतेदेखि पूर्ण सुनुवाइ गर्ने आदेश दिएको छ । लामिछानेको पक्ष र विपक्षमा बहस गर्ने अधिवक्ताहरुले माघ ११ गते इजलास सुरु हुनुभन्दा अगावैबाट बहस नोटसमेत पेश गर्न आदेश दिइएको छ ।

आदेशमा उक्त मुद्दालाई अग्राधिकार दिई छिटो छरितोरुपमा निरुपण गर्नु उचित देखिएको भन्दै ११ गते पूर्ण सुनुवाईका लागि पेश गर्न भनिएको छ ।

लामिछानेले अमेरीकी नागरिकता लिएपछि स्वतः रद्ध भएको नेपाली नागरिकता नै प्रयोग गरी चुनाव लडेको र मन्त्री समेत भएको भन्दै बिरोधमा मुद्धा दर्ता भएको हो ।

प्रहरीले लामिछाने बिरुद्ध अनुसन्धान शुरु गरेका बेला उनैलाई दलहरुले गृहमन्त्री बनाईदिएपछि अनुसन्धान नै प्रभावित बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी