यातायत व्यवस्था कार्यलय बीरगञ्जका अधिकृत यादव भ्रष्टाचारबाट रकम असुल्ने गरेको सेवाग्राहीको गुनासो, सम्बन्धित निकाय मौन

यातायत व्यवस्था कार्यलय बीरगञ्जका अधिकृत यादव भ्रष्टाचारबाट रकम असुल्ने गरेको सेवाग्राहीको गुनासो, सम्बन्धित निकाय मौन

  • बिहिबार, पुस २१, २०७९
  • दिपक चौरसिया

  • 4.7K
    SHARES

वीरगंज २१ पुस । यातायात व्यवस्था कार्यालय सवारी वीरगंजका लेखा अधिकृत उपेन्द्र यादवले भ्रष्टाचारको मामिलामा कार्यालय भित्र गन्हाए पनि सम्बन्धित निकाय मौन भएर बस्दा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् ।

उनी लेखा अधिकृत भएर आफ्ना फांटमा बेतलबी कर्मचारीहरु राखी उनीहरुकै मार्फत सेवाग्रहीहरु संग घुसको रकम असुल्न लगाई दिनहुं मालामाल भईरहेको चर्चा व्यापक सुन्न थालिएको छ ।

लेखा शाखामा नगदी रसिद लिन जांदा बैंकमा दस्तुर बुझाएको भौचर भित्र ५०÷१०० को दरले नोट बेरेर दिने बाध्यात्मक स्थिति रहेको सेवाग्रहीहरु बताउछन् । लेखा शाखामा बेतलबी कर्मचारीहरु लक्ष्मी कुशवाहा, बृजकिशोर यादव, सुजित झा, उमेश दास, रमेश पटेल लगायतका व्यक्तिहरु राखी सेवाग्रहीहरुलाई दुःख दिने गरेको र उनीहरुबाट असुलेको रकममा अधिकृत यादवले मौजमस्ती गर्दै आएको बताईन्छ ।

लेखा शाखामा सामान्य रुपमा दैनिक करिब ९० हजार घुसको रकम असुल्ने कार्य हुने गरेको बताईन्छ । यसको अलावा हीरो, होन्डा, यामाहा, सुजुकी, टिभीएस जस्ता थुप्रै कम्पनीहरुको मोटरसाईकल, पिकअप, कार, टाटासुमो लगायतका नयां गाडीहरुको दर्ता, सहमती, नामसारीको काममा पनि लेखा शाखाको निश्चित रकम तय गरिएको बताईन्छ ।

तय भएको रकम लिएर नै दर्ता, सहमती र नामसारी लगायतको नगदी रसिदहरु काटिने गरिएको बताईन्छ । यस कार्यमा पनि अधिकृत यादवले एकमुष्ट लाखौ लाख रकम बुझने गरेको एक मोटरसाईकल कम्पनिका प्रतिनिधिले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

लेखा अधिकृतको संगै–संगै यादवले मोटरसाईकल र च।ज। फांटको अधिकृत भई यो दुबै शाखामा पनि भ्रष्टाचारको कार्यलाई तिब्रता दिदै आतंक नै मच्चाएको सेवाग्रहीहरुको गुनासो रहेको छ । मोटरसाईकल फांट र च।ज। फांटमा पनि बेतल्बी कर्मचारीहरु राखी अधिकृत यादवले घुसको रकम असुल्ने काम गर्ने गराउने गरेको जो कोहीले पनि सजिलै भेटन सक्छ ।

यस फांटहरुमा पनि नयां गाडीहरुको दर्ता, सहमती र नामसारीको कार्यमा लेखा अधिकृत यादवले नै मोटै रकम बुझने गरेको बताईन्छ । कार्यालय प्रमुख उमेश कुमार रेगमीको आर्शिवादमा अधिकृत यादवले ब्रह्मलुट मच्चाउदै सेवाग्रहीहरुलाई आतंकित नै पारेको भुक्तभोगीहरु बताउन थालेका छन् । यातायात कार्यालयलाई भ्रष्टाचार कार्यालयको रुपमा परिणत गर्ने सिपालु अधिकृत यादवले भ्रष्टाचारबाट अकुत सम्पत्ति कमाउन सफल भएको बताईन्छ ।

यातायात कार्यालयमा जरो गाडेर बसेका अधिकृत यादवको सरुवा पटक–पटक भए तापनि मधेश प्रदेश अर्थ मन्त्रालयको विभागमा मोटै रकम दक्षिणा चढाई प्रमुख रेगमीलाई रिझाउदै रवाना नबुझेको कार्यालय स्रोतको कथन रहेको छ । प्रमुख रेगमी पनि भ्रष्टाचारको मामिलामा निलम्बन परेका व्यक्ति हुन् ।

उनी निलम्बन परिसके पछि विभिन्न शक्ति केन्द्रमा धाई निलम्बनलाई फुकुवा गराउन सफल भई सुध्रिएर कार्य गर्नु पर्ने ठाउंमा झन भ्रष्टाचार कार्यलाई बढावा दिदै आफ्नो दुनो सोझ्याउदै आएको बताईनछ । कार्यालयमा उनको प्रिय पात्र भ्रष्टाचारमा लिप्त लेखा अधिकृत यादव नै हुन् ।

लेखा अधिकृत यादवको भ्रष्टाचार सन्दर्भमा अर्थ मन्त्रालयका प्रवक्ता रुपेश कुमार साह संग मोबाईल फोन सम्पर्क गर्दा उनको बारेमा सम्पूर्ण कुरा म सचिव गजेन्द्र कुमार ठाकुर समक्ष अवगत गराउने बताउदै थप कुरा बुझने प्रतिक्रिया दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी