७४ सालमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सम्बन्ध सघन बन्यो । दुई बीचको सघनताले ७४ सालको निर्वाचनमा वाम एकता भयो । निर्वाचन सकिए पछि पार्टी एकता नै गरेर नेकपा बनाए ।
तर त्यो नेकपा बनेको र ओली प्रधानमन्त्री भएको तीन वर्ष नवित्दै प्रचण्ड र ओलीबीच तिक्तता बढ्यो । दुबैले एक अर्कालाई भेट्न र हात मिलाउन सम्म आनाकानी गर्न थाले ।
ओली बिरुद्ध माधव नेपालसँग मिलेर मोर्चा बन्दी गर्न थाले प्रचण्डले ।, त्यसको आवेगमा आफैलाई सत्ताबाट हटाउने, पार्टी सदस्य समेत नराख्ने भनेर कार्बाही गर्न थालेपछि अोलीले पनि ७७ पुष ५ मा संसद विघटन गरिदिए ।
यसपछि सडक आन्दोलनमै प्रचण्ड उत्रिए । एवं रितले तितो हुँदै गएको प्रचण्ड ओली एक अर्कालाई गाली गर्न र होच्याउन तल्लीन थिए ।
तर फेरी एकाएक पुष १० पछि माहौल परिवर्तन भयो । बालुवाटारमा प्रचण्डलाई पहिलो प्रधानमन्त्री बनाउन काँग्रेस सभापति देउवा तयार नहुँदा प्रचण्ड बालकोट हानिए र एकै छिनमा ओली र प्रचण्डबीच समझदारी बन्यो र प्रधानन्त्रीमा सहमति जुट्यो ।
त्यस यता ओली र प्रचण्डबीच सम्बन्धमा फेरी सुधार भएको छ । प्रचण्डलाई भेट्न ओली खुमलटार सम्म पुगेर सँगै सुन्तला खाए ।
दिनहुँ दुई नेताबीच भईरहेको छलफलले भावी दिनमा फेरी वाम एकता, मन्त्रालय र प्रदेश सरकार निर्माणमा सहजता हुन सक्ने आँकलन गरिएको छ ।
प्रचण्डले पार्टी भित्रको बैठकमा देउवाले धोका दिँदा वाम एकताको अवसर आएको ब्रिफिङ गरेका थिए ।