सबै पूराना नेतालाई चुनौती दिने भन्दै उदायका रवि लामिछाने सरकारमा जान लालायित, उपप्रधानमन्त्रीमा बार्गेनिङ गर्दै

सबै पूराना नेतालाई चुनौती दिने भन्दै उदायका रवि लामिछाने सरकारमा जान लालायित, उपप्रधानमन्त्रीमा बार्गेनिङ गर्दै

  • सोमवार, पुस ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

पुष ११ काठमाण्डौँ । १२ वर्ष अमेरीका बसेर नेपाल फर्किएपछि टेलिभिजनमा काम गरेर चर्चा कमाएका रवि लामिछाने यो निर्वाचनबाट उदाए । उनले खोलेको दलले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको छ । यो निर्वाचन सम्म उनले पुराना दल र नेताहरुको बिरुद्ध चर्को रुपमा प्रस्तुत भए । उनले त्यसको राजनीतिक फाईदा उठाउन सफल पनि भए ।

तर शुरुमा सरकारमा जान हतारमा छैनौँ संसदबाट खबरदारी गर्छौँ भन्दै चितवनमा खानेपानीको मुहान सफा गर्दै हिँडेका लामिछाने भने पछिल्लो समय बालकोट देखि बालुवाटार र खुमलटारदेखि संसद भवन सम्म सक्रिय थिए ।

उनी जसरी पनि आफ्नै नेतृत्वमा सरकारमा जाने र उपप्रधानमन्त्री सहित मन्त्री बन्ने रणनीतिमा लागेका छन् ।

गठबन्धन बैठकमा नियमित उपस्थित भईरहेका लामिछानेले प्रचण्ड र ओलीसँग र सात दलीय बैठकमा पनि उपप्रधानमन्त्री माग गरिरहेका छन् ।

स्रोतका अनुसार गठबन्धनको तेस्रो ठूलो दल भएको हुनाले आफूले उपप्रधानमन्त्री पाउनु पर्ने रविको माग रहेको छ । तर अहिले एमाले र माओवादीबाट एक एक जना मात्रै उपप्रधानमन्त्री बनाउनेमा ओली प्रचण्ड सहमत रहेका छन् ।

यस्तो स्थितिमा रविलाई मन्त्री बनाउने तर उपप्रधानमन्त्री नबनाउने मनशायमा दुई नेता छन् । यद्यपि, अन्तिम घडी सम्म पनि रविले उपप्रधानमन्त्रीको माग भने जारी राखेका छन् । वानेश्वरमा चलिरहेको गठबन्धन बैठकमा लामिछानेले उपप्रधानमन्त्री पाउनु पर्ने अडान राखिरहेका छन् ।

पुराना पार्टी र नेताको बिरुद्ध चर्किएको असन्तुष्ट मतदातालाई राजनीतिक क्यास गरेका रवि आफै सरकारमा जान लालायित र पदको बार्गेनिङमा लागेपछि समर्थक भने केही निराश हुन थालेको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी