नारायणी अस्पतालमा २८ वटा डायलाईसिस मेसिन सुचारु

नारायणी अस्पतालमा २८ वटा डायलाईसिस मेसिन सुचारु

  • बिहिबार, मंसिर २९, २०७९
  • दिपक चौरसिया

  • 9.6K
    SHARES

बिरगंज २९ मंसिर । बिरगंजको नारायणी अस्पतालले अब देखी २२ वटा डाइलेसिस मेशिन सुचारु गरेको छ । बिगतको दिनमा नारायणी अस्पतालमा मात्र ७ ओटा डाइलेसिस मेशिन सुचारु रहेको थियो । तर नारायणी अस्पतालका मेसु डा बिरेन्द्र बहादुर प्रधानले आफनो अन्तिम कार्यकालमा थप १५ वटा मेसिन जडान गरेका छन ।
जादाजादै उपहारमा गरिव तथा विपन्न वर्गहरुलाइ सेवा र सुभिदा होस भन्दै मेसु प्रधानले जानकारी दिएका छन ।

नारायणी अस्पतालमा लामो समयदेखि डाइलोसिसको समस्या रहेकोमा अब त्यसको अन्त भएको छ। नारायणी अस्पतालमा निमित्त प्रमुखका रुपमा सुपरिटेन्डेन्टडन विरेन्द्र बहादुर प्रधान नियुक्त भए देखि अस्पताललाई कसरी सुधार गर्ने भन्ने चिन्ता रहेकोमा अहिले अथक उहाँको प्रयासले २२ वटा डाइलेसिस मेसिन जडान भएको छ।

नारायणी अस्पतालमा पहिला ४(५ वटा मात्र डाइलेसिस मेसिन रहेकोमा गरिव तथा विपन्न वर्षका मानिसहरु महगो शुल्क तिरेर डाइलेसिस गदै आइरहेकोमा उहाँले मनोज केडिया संग समन्वय गरि सिद्धार्थ बैंकले ५५ लाख र निजी दाताले ५ लाख खर्च गरेर १२ वटा डाइलेसिस मेसिन खरिद गरेको र ५ वटा विभागले उपलब्ध गरेको मेसु प्रधानले बताएका छन्।

नारायणी अस्पताल संग अब प्रख्यात मात्र डाइलेसिस भएकोले आफू जादाजादा यो उपहार दिएर जान लागेको बताए । हाल तयार गरिएको भौतिक संरचनामा १५ मध्ये १३ वटा विमारी र २ वटा सेरोज पोजेटिभ किड्नी बिमारीहरुलाई प्रयोग गर्न राखिएको मेसु प्रधानले बताएका छन् ।

अहिले आफुले इमर्जेन्सी डाइलेसिस समेत राखिएको जसमा निजी अस्पतालमा १२ हजार पर्छ भने यहाँ ५ हजारमा आवश्यक सामान समेत उपलब्ध गराउने बताए ।नारायणी अस्पतालमा भइरहेको डाइलेसिस सम्पूर्ण खर्च नेपाल सरकारले गर्ने भएकोले केवल इमर्जेन्सीको खर्च तोकिएको बताएका हुन ।

सरकारले जुन दिन मलाई यहाँ मेसु तोक्यो त्यो दिन देखि यो अस्पताल कसरी सुधार गर्ने भन्ने चिन्ता आफुमा दिन रात खुलदुली भइरहेको थियो अब मैले केही मानवीय काम गरेजस्तो लागेको छ यसलाई थप सुधार गरेर आउने मेसुले गर्नु पर्छ भन्ने मेरो चाहना रहेको बताए ।

निजी अस्पतालले डाइलेसिस बाट लाखौं आम्दानी कमाइरहेकोमा अब सरकारी तहमा निशुल्क सेवा पाउने भए पछि अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या अहिले बढन थालेको डाक्टर दिपक चौरसियाले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी