सरकारको विवादीत अध्यादेश राष्ट्रपतिकोमा पुग्यो, अब के हुनेछ शितल निवासबाट ?

सरकारको विवादीत अध्यादेश राष्ट्रपतिकोमा पुग्यो, अब के हुनेछ शितल निवासबाट ?

  • सोमवार, मंसिर २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

मंसीर २६ काठमाण्डौँ । सरकारले सत्ता गठजोडमा फाईदा पुर्याउने हेतुले ल्याएको विवादित नयाँ अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश भएको छ । हिजो सरकारले निर्णय गरेको फौजदारी संहिता संसोधनका लागि अध्यादेश सिफारीस गरेपछि चौतर्फी बिरोध भईरहेको छ ।

यो अध्यादेशको सत्तारुढ काँग्रेस सहित अन्य दल र विभिन्न क्षेत्रबाट बिरोध भईरहेको छ ।

सरकारले कैलाली टिकापुर घटनाका अभियुक्त रेशम चौधरी सहितलाई जेलमुक्त गरेर सरकारमा उनको पार्टीलाई सहभागी गराउने मनशायले यो अध्यादेश ल्याएको हो ।

यो अध्यादेश ल्याउने निर्णय भएकै भोलीपल्ट नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता चौधरीलाई स्वागत गर्न फुलमाला लिएर जेल पुगेका थिए ।

यो अध्यादेश राष्ट्रपतिले प्रमाणिकरण गर्ने नगर्ने एकिन भएको छैन ।

यस अघि नागरिकता सम्बन्धि विधेयक राष्ट्रपतिले अस्वीकृत गरिदिएकी थिईन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी