के साच्चै गगन थापाले संसदीय दलमा देउवालाई हराएर प्रधानमन्त्री बन्ने स्थिति छ ?

के साच्चै गगन थापाले संसदीय दलमा देउवालाई हराएर प्रधानमन्त्री बन्ने स्थिति छ ?

  • शुक्रबार, मंसिर २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

मंसीर २३ काठमाण्डौँ । निर्वाचन लड्ने बेला देखि नै अब प्रधानमन्त्री हुन्छु, चुनाव सकिए लगत्तै संसदीय दलको तयारी गर्छु भन्दै घोषणा गरेर कस्सिएका गगन थापा यस पटक काँग्रेस भित्र सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवालाई चूनौती दिने अभियानमा छन् ।

चुनावले पुस्तान्तरणको सन्देश दिएको भन्दै गगन थापा अघि बढिरहँदा उनलाई सघाउनेमा विश्व प्रकाश शर्मा पनि छन् ।

तर गगनले सोचे जति सजिलो देउवालाई हराउने र प्रधानमन्त्री बन्ने बाटो सजिलो भने छैन ।

अहिले संसदमा काँग्रेसको प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् ।
ती मध्य करीब ६० जना देउवाको पक्षमा स्पष्ट उभिएका छन् । यसै पनि निर्वाचन हुँदा देउवालाई पराजित गर्ने अवस्थामा छैनन् ।

अर्कोतिर वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आफ्ना लागि दौडधुप गरिरहेका छन् । उनी सर्वसम्मत नभए निर्वाचन नै लड्न पनि आफू तयार भईरहेको बताउने गर्छन् ।
यस्तोमा यदी पौडेल पनि उठे पनि गगन थापाले पाउने जति पनि समर्थन नपाउने अवस्था छ ।

शंशाक कोईराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह जस्ता प्रधानमन्त्रीमा दावी गरिरहेका हस्तीहरु पनि देउवाको पक्षमा खुलिसकेका छन् । यसले गगनलाई चूनौती र देउवालाई थप सहज भएको छ ।

काँग्रेस भित्रकै नेताहरु र अन्य दलका नेताहरु पनि तत्काललाई गगन थापा संसदीय दलको नेता चुनिने संभावना र प्रधानमन्त्री हुने संभावना कम देखिरहेका छन् ।

शेखर कोईरालाले आफू दावी पनि गर्न सकेका छैनन्, गगन या शेर बहादुर मध्य एक लाई सघाउने बताएका पनि छैनन् । बाँकी अधिकांश सांसद देउवाको पक्षमा हुँदा गगनको संसदीय दलको नेता बन्ने र प्रधानमन्त्री हुने सपना अहिलेका लागि सपनैमा सीमित हुने आंकलन काँग्रेस भित्रकै नेताहरुको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी