भोजपुरमा सुनद किराँतीको उदाहरणीय कामः चुनाव जिते लगत्तै टुहुरा बालकको घरमा जस्ता पाता बोकेर पुगे

भोजपुरमा सुनद किराँतीको उदाहरणीय कामः चुनाव जिते लगत्तै टुहुरा बालकको घरमा जस्ता पाता बोकेर पुगे

  • सोमवार, मंसिर १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

मंसीर १२ काठमाण्डौँ । भोजपुरबाट प्रतिनिधि सभामा जिते लगत्तै माओवादीका सांसद सुदन किराँतीले कुनै बिजय जुलुश र भोजभतेर तिर लागेनन् । उनी शुरुमै षडानन्द नगरपालिकाको सामपाङमा रहेका सुदिप र सुजित राई दाजुभाई बस्ने फुस्को छानो हटाउन जस्तापाता लिएर पुगेका छन् ।

उनले आईतबार सो जस्तापाता हस्तान्तरण गरे । ती दाजुभाईका बुवा क्यान्सर रोग लागेका कारण गत चैत्रमा वितेका थिए । उनीहरुको आमा सानैमा वेपत्ता भएका थिए । दिदीहरु बिबाह गरेर गईसकेका छन् ।

स्थानीय पार्टीका कार्यकर्ताहरुले खबर गरेपछि सांसद किराँती भोजभतेर गर्ने खर्चले जस्तापाता लिएर झुपडीमा पुगेका हुन् ।

भोजपुर भरी जनताको घर घरमा पुग्ने उनको यही शैलीका कारण लोकप्रिय समेत रहेका छन् । यस पटक उनी पूर्व मुख्यमन्त्री शेर धन राईलाई हराँउदै सांसद बनेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी