गोरखा पुगेर प्रचण्डको प्रतिवद्धताः नेपाली जनताले रगत बगाएर ल्याएको परिवर्तन उल्ट्याउन दिईने छैन ( भिडियो सहित )

गोरखा पुगेर प्रचण्डको प्रतिवद्धताः नेपाली जनताले रगत बगाएर ल्याएको परिवर्तन उल्ट्याउन दिईने छैन ( भिडियो सहित )

  • शुक्रबार, मंसिर ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

मंसीर ८ गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली जनताले बलिदानबाट आएको परिवर्तन उल्ट्याउने कुनै पनि षड्यन्त्र सफल हुन नदिने बताएका छन् ।

आज गोरखामा मतदाताहरुलाई संवोधन गर्दै प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा जनतालाई रैतीबाट राष्ट्रपति, सबै तहमा नेता हुन सक्ने अधिकार स्थापना गरिएको भन्दै अहिले केही भ्रमहरु सृजना गर्ने प्रयास भईरहेको बताए ।

उनले राजनीतिक नेतृत्वले अब गंभीर आत्मसमिक्षा गरेर जनताको निम्ती समर्पित हुने खालका नीति लिएर नआए देश अप्ठ्यारोमा पर्ने र त्यो आफूहरुले स्वीकार गर्न नसक्ने भन्दै जनतालाई सचेत हुन अपील गरे ।

गाँउ गाँउ नगर नगरमा पुगेको सिंहदरबारको अधिकारलाई उल्ट्याउन कुनै पनि हालतमा नदिने प्रचण्डको दावी छ ।

गोरखाका जनताले आफूलाई ठूलो जिम्मेवारी दिएको भन्दै अब विकास र समृद्धिका लागि लागि पर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ