मंसीर ८ काठमाण्डौँ । वर्तमान निर्वाचन परिणामले माओवादीलाई घाटा भएको देखिए पनि तेस्रो शक्तिको रुपमा उभिने निश्चित देखिएको छ । काँग्रेस र एमालेको बहुमत आउने संभावना पनि समाप्त भएकाले प्रचण्डको भूमिका फेरी निर्णायक हुने देखिएको छ ।
यसको महत्व बुझेका काँग्रेस एमालेका नेतृत्वले प्रचण्डसँग सम्बन्ध सुमधुर बनाउने प्रयास शुरु गरेका छन् ।
गठबन्धन भित्र काँग्रेसले धोका दिएको माओवादीबाट प्रतिकृया आउन थालेका बेला आज प्रधानमन्त्री शेर बहादुर देउवाले प्रचण्डलाई टेलिफोन गरेका छन् ।
फोनमा देउवा र प्रचण्डले बधाई साटासाट गर्नुका साथै गठबन्धनलाई अझ बलियो बनाएर जानु पर्नेमा जोड दिएको बुझिएको छ ।
यसै गरी आजै प्रचण्डलाई टेलिफोन गरेर बधाई दिँदै ओलीले अब समिक्षा गरेर मिलेर जान प्रस्ताव गरेको र प्रचण्डले चुनावको सबै परिणाम आएपछि छलफल गरौँला भनी जवाफ दिएको बुझिएको छ ।