देशभर ७० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान, आजै बेलुका ८ बजेदेखि मतगणना सुरु हुन्छः थपलिया

देशभर ७० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान, आजै बेलुका ८ बजेदेखि मतगणना सुरु हुन्छः थपलिया

  • आइतवार, मंसिर ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

मंसिर ४, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा मतदान गर्नका लागि एक जनालाई करिब २ मिनेट लाग्ने बताएका छन् ।

भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त थपलियाले मतदान छिटो र सहज बनाउन देशैभरका निर्वाचन अधिकृतहरूलाई आग्रह गरेका हुन् । उनले आजै बेलुका ८ बजेदेखि मतगणना सुरु हुने बताए ।

मतदान केन्द्रहरू अपांगमैत्री बनाइएको जानकारी दिदै प्रमुख आयुक्त थपलियाले यस पटक ७० प्रतिशतभन्दा बढी मत खस्ने सम्भावना रहेको बताए । २ दिन बिदा भएकाले पनि मतदानमा नागरिकहरू उत्साहित भएको उनको भनाइ छ ।

बेलुका मतदान सकिनेबित्तिकै सबै मतदानकेन्द्रहरूबाट मतपेटिका संकलन गरिने उनले बताए । आइतबार बेलुका ८ बजेतिरबाट मतगणना सुरु हुने बताए । त्यस्तै अबको ८ दिनभित्र प्रत्यक्षतर्फको सबै मतगणना सक्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी