मतदान सुरू हुन १५ घण्टा मात्रै बाँकी, मतदाता भन्छन्- मतदान कसरी गर्ने थाहा छैन

मतदान सुरू हुन १५ घण्टा मात्रै बाँकी, मतदाता भन्छन्- मतदान कसरी गर्ने थाहा छैन

  • शनिबार, मंसिर ३, २०७९
  • सुधा देव 

  • 1.6K
    SHARES

सप्तरी, ३ मंसिर। 

मतदान सुरू हुन १५ घण्टा मात्रै बाँकी हुँदा समेत सप्तरीमा मतदाता शिक्षा दिन काेही पुगेका छैनन् । मतदाता शिक्षा दिनेहरू गाउँ टोलमा नपसेपछि भाेलि कसरी मतदान गर्ने हाेला भनेर अलमलमा परेकाे राजविराज नगरपालिका-२ राजदेवी टोलकी सकिना खातुनले बताइन्।

उनले भनिन्,´यसपालि मत कसरी हाल्ने ? थाहा नै छैन । पहिले पहिले  त मतदाता शिक्षा लिएर घरघर आईपुग्थ्यो । यसपालि त काेही आएनन् ।’

राजविराज-४ मस्जिद टोलकी सुनिताकुमारी परियारले पनि मतदान गर्ने प्रक्रिया बिषयमा अनभिज्ञ रहेको बताइन् । उनले भनिन्,´मलाई भाेट हाल्नु भनेर त धेरै आए । तर, मत कसरी हाल्ने कसैले सिकाएनन् ।’ सिंगाे परिवार नै मत हाल्ने विषयमा अन्योल रहेको उनको भनाइ छ ।

पाँच वर्षमा चुनाव आउँछ । मत हाल्ने तरिका सधैं फरक हुन्छ । उस्तै भए पनि पाँच वर्षको कुरा याद नरहने मतदाताहरूकाे भनाइ छ । राजविराज- २ तितरीगाछीकी ८० वर्षीया सावित्री देवी देवले मतदाता शिक्षा नदिएका कारण भाेट खसाल्न जानु की नजानु भएकाे बताइन ।

उनले भनिन्,´हामी त झन वृद्धाअवस्थामा पुग्यौं हामीलाई सिकाएन भने हाम्रो उमेरको व्यक्तिले मत हाल्न सक्ने अवस्था छैन् ।’ तर, पनि चुनाव प्रचारप्रसारतर्फ अत्याधिक समय खर्चिने उम्मेदवारहरू मतदाता शिक्षातर्फ ध्यानाकर्षण नगरेको  उनको भनाइ रहेको छ ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीले पनि मतदाता शिक्षाप्रति चासो नदेखाएकले मतहाल्ने पूर्वसन्ध्यामा मतदाताहरू मतदान गर्ने तरिका बारे अन्योलमा रहेको स्थानीय बुद्धिजीवीहरूको भनाइ  छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी